विराटनगर महानगरले सडक पार्किङमा कडाई गरेपछि व्यापारीहरू आक्राेशित
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार १८:३३:३
२१ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा सवारी पार्किङलाई कडाइ गरेको छ । यसअघि गरिएको पार्किङ निषेधित क्षेत्र तोक्ने निर्णयलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न महानगर लागिपरेको छ ।
सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको जनाइएको छ ।
पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सूक्ष्म रुपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।
प्रदेश राजधानीमात्रै नभएर विराटनगर कोशी प्रदेशको एक मात्र महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले महानगरले सुरु गरेको अभियानमा स्थानीय प्रशासनले सहयोग गर्ने भट्टराईले बताए ।
बजार क्षेत्रमा पार्किङ हटाउने निर्णयले व्यापार सुस्ताएको भन्दै व्यापारीहरूले आपत्ति जनाउँदै आइरहेका छन् । उनीहरुले आफ्ना सवारी साधन सडकमा राखेर नो पार्किङको अवज्ञा गरेका छन् । पार्किङ हटाउने निर्णयले ग्राहक मास्ने काम गरेकाे भन्दै उनीहरू आक्राेशित बनेका छन् । उनीहरूले सडकमा निर्णयविराेधमा पाेष्टरिङ सुरू गरेका छन् ।
उता पार्किङ हटाउने अभियानबाट पछि जनस्तरबाट महानगरपालिकामाथि चर्को दबाब आएको मेयर कोइरालाले बताए ।
यता काठमाडौं महानगरपालिकाले यसअघि देखिनै सडक र फुटपाथ पार्किङ र व्यापारलाई निषेध गर्दै आइहरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार