हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर
इन्द्र रिजाल
फागुन १७, २०७५ शुक्रबार १७:२०:३१
सुर्खेत । भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो । कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, डोटी र डडेलधुरामा समेत भारी हिमपात भएको छ ।
हुम्ला जिल्लाको बेँसीमा दुई फिट र उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाको लिमी, मुचु, चाला, हिल्सा, यारीमा करीब पाँच फिट हिमवर्षा भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जानकारी दिए । १५औँ पटक हिमपात हुँदा जनजीवन निकै कष्टकर भए पनि मानवीय तथा पशुचौपाया कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले बताए ।
डोल्पा, मुगु तथा जुम्लीवासी नागरिकको अवस्था पनि निकै कष्टकर भएको पाइएको छ । हिमपातले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाको हवाई उडान तथा सडक यातायात ठप्प भएका छन् । सरकारी कार्यालय, विद्यालय, उद्योग कलकारखाना तथा गैरसरकारी निकाय बन्द छन् । हिमवर्षाले यहाँका नागरिकको दैनिक कामकाज ठप्प भएको बताउँदै बेँसीमा दुई फिट र लेकमा चार फिट हिमपात भएको जिल्ला प्रशासन कार्यालय जुम्ला निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए । “हवाई यातायात सञ्चालन गर्न नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितको टोलीले विमानस्थलको हिउँ सफा गर्दैछौँ”, उनले भने ।
हिउँको मारमा बालबालिका, बिरामी, वृद्ध र विपन्न नागरिक परेको नेत्रबहादुर शाहीले जानकारी दिए । पत्रकार शाहीका अनुसार यो एक दशकमा सबैभन्दा ठूलो हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले अत्यधिक हिमपातका कारण तातोपानी गाउँपालिकामा एकजना कठ्याङ्ग्रिएको र उनको उपचार भइरहेको बताए ।
उनका अनुसार डोल्पामा हिउँमा परी पातारासी गाउँपालिकाका एकको मृत्यु भएको छ । पहाडी जिल्लाका माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परेको थियो । त्यस्तै, भारी हिमवर्षा र हुरीबतासका कारण चार वर्षसम्म निर्वाध बलेको जुम्ला चन्दननाथ मन्दिरको दियो निभेको छ । अब दैलेखको ज्वाला क्षेत्र श्रीस्थानबाट दियो लिएर आउने चन्दननाथ भैरवनाथ गुठी समिति जुम्लाले बताएको छ । मङ्गलबारदेखिको अविरल हिमवर्षाले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको हवाई उडान बन्द भएको प्रमुख जिल्ला अधिकारीहरूले बताए । हिउँले हिउँदेबालीमा केही असर पुगे पनि वर्षेबाली राम्रो हुने किसानहरूले अपेक्षा गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
हत्या गरेको अभियोगमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समिति गठनबारे सभामुखले आज पनि सकेनन् सहमति जुटाउन
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
एमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार