पुल निर्माणमा डेढ करोड खर्चेपछि नक्सा गलत भएको पत्ता लागेपछि…
इन्द्र रिजाल
फागुन २४, २०७५ शुक्रबार १५:४८:२७
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोला पुल बि स ०७२भदौ २१ गते भएको ठेक्का सम्झौताअनुसार पुल २० माघ ०७३ मै सकिनुपर्ने थियो ।
ठेकेदार कम्पनी भण्डार९थोडङ्गा जी टेकले समयमा काम नसकेपछि २५ असार ०७५ सम्मका लागि म्याद थपियो । तर, म्याद फेरि गुज्रियो । अहिले पिलर ठड्याएर स्ल्याब राख्ने वेलामा फेरि पुलको नक्सा नै गल्ती भएको भन्दै काम रोकिएको छ ।
चार वर्षअघि पुलको ‘ड्रइङ एन्ड डिजाइन’ गरेको सडक डिभिजन कार्यालय मीनभवनले नै अहिले नक्सा गल्ती भएको जनाएको छ । ‘पुलको नक्सामै केही समस्या देखिएको छ ।
अब साबिकको नक्सामा पुल बनाउन सकिन्न,’ कार्यालय प्रमुख कैलाशकुमार श्रेष्ठले भने, ‘नयाँ नक्सा बनाएर काम गर्नुपर्छ । केही समय लिन सक्छ ।’ सडक डिभिजनले नै दिएको पुरानो नक्साअनुसार निर्माण कम्पनीले पुलको जग हालेर पिलर ठड्याएको छ ।
३ करोड २२ लाख ठेक्का लागेको पुल निर्माणमा अहिलेसम्म १ करोड ५९ लाख सकिएको छ । तर, अहिलेसम्म सकिएको निर्माण नयाँ नक्साअनुसार कति भत्काउनुपर्छ निश्चित छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका यो समाचार लेखेका छन् ।
साबिकको पुल बर्खाको भेलले भत्काएपछि धोबीखोलामा दुई लेनको १२ मिटर लामो पुल निर्माण कार्य अघि बढाइएको थियो । तत्काल पुल नभएपछि स्थानीयले भने फलामको फड्के हालेर वारपार गरेका थिए । तर, गत वर्षको भेलले फड्के पनि बगाएपछि स्थानीय समस्यामा छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार