१४ करोडका कारगेड बाइक किन्दै सरकार : राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड
इन्द्र रिजाल
फागुन २६, २०७५ आइतबार १३:४१:९
काठमाडौं । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ ‘कारगेड’मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो ।
त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।
राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँबराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो। उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६ सय ५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ ।
खरिद क्रममा रहेका ती मोटरसाइकल प्रतिएकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ। प्रहरीले २०५८ सालपछि पहिलोपटक गुणस्तरयुक्त कारगेड मोटरसाइकल खरिद हुन लागेको जनाएको छ ।
‘नेपाल प्रहरीलाई ३० वटा कारगेड मोटरसाइकल खरिद गर्न आवश्यक बजेट विनियोजन गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ । त्यहीं निर्णयका आधारमा मोटरसाइकलको मूल्य टेन्डरबाट निर्धारण गरेर खरिद प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
संघीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पाण्डे
जेठ १९, २०८१ शनिबार
चीनको साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार