बीरगञ्ज क्याम्पसमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम भव्य
इन्द्र रिजाल
फागुन २९, २०७५ बुधबार २३:४:४३
बीरगञ्ज । “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मूल आशयका साथ मुक्तिनाथ विकास बैंकले बीरगंज क्याम्पस पर्सामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफा नोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि सो कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको बैंकले जनाएको छ । कार्यक्रममा १०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३८० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रार्चाय विनोदकुमार गुप्ता रहेका थिए । उपस्थित अथितिहरुले मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रममार्फत विद्यार्थीहरुमा जुन वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास प्रशंसा योग्य रहेको साथै कार्यक्रम अति महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ?
बैशाख २९, २०८१ शनिबार
फोहर सङ्कलनमा नेपाली सेना प्रथम
बैशाख २९, २०८१ शनिबार
व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार
रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू
बैशाख २९, २०८१ शनिबार
ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन
बैशाख २९, २०८१ शनिबार
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी
बैशाख २९, २०८१ शनिबार
लमजुङको घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र सुरु
बैशाख २९, २०८१ शनिबार