४ करोड ८४ लाख रुपैयाँ बक्यौता नबुझाइ एयरलाइन्सहरु बेपत्ता
इन्द्र रिजाल
चैत ७, २०७५ बिहिबार १४:२१:४७
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन् ।
ती एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रुपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको छैन । नेपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलाइन्स सम्पर्कविहीन छन् ।
बक्यौता रकम जहाज अवतरण ‘ल्यान्डिङ’, पार्किङ ‘विसान’, एयर नेभिगेसज ‘सञ्चार तथा उड्डयन सहाय सेवा’, विमानस्थल विकास शुल्क, घरभाडासहितको रकम हो । बेलैमा सरकारी दायित्व नतिर्ने एयरलाइन्स वा संस्थासँग गरिएको सम्झौतापत्र स्थगन गर्न सकिने वा सम्पत्ति रोक्का राख्ने अधिकार प्राधिकरणको नियमावलीले विमानस्थल प्रमुखलाई दिएको छ ।
तर वर्षौंदेखि विमानस्थल प्रमुखहरू यो नियम लागू गर्न सकिरहेका छैनन् । प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ग्राउन्डेड गर्न सकिने अधिकार महाप्रबन्धकलाई छ । तर बक्यौता नबुझाउने विदेशी एयरलाइन्सको जहाज काठमाडौंमा ग्राउन्डेड गरिएको छैन ।
संघीय संसदको सार्वजनिक लेखा समितिले प्राधिकरण र विमानस्थललाई सार्वजनिक लेखा समितिलाई कार्ययोजना बनाई तुरुन्त बक्यौता उठाउन आइतबार निर्देशन दिएको थियो ।
लेखा समितिका अनुसार नेपालमा उडान बन्द गरेर सम्पर्कविहीन भएकामा एयर सहारा जेटलाइट, अस्ट्रिन एयरलाइन्स, बहाराइन एयरलाइन्स, बर्मा एयरवेज, कोलोसस एयर, जीएमजी एयरलाइन्स, गल्फ एयर, हङकङ एक्सप्रेस, किंगफिसर एयरलाइन्स, लुफ्थान्सा एयर, ओरियन्टल थाई एयरवेज, पाकिस्तान एयरलाइन्स, र्याक एयरवेज, सिंगापुर एयरलाइन्स, स्पाइसजेट एयरलाइन्स, तुई एयरलाइन्स र युनाइटेड एयरवेज छन् ।
बन्द भइसकेका स्वदेशी १० वटा एयरलाइन्स पनि बक्यौता नबुझाई सम्पर्कविहीन छन् । तिनले मात्रै बुझाउनुपर्ने रकम ८ करोड ४७ लाख छ । सबैभन्दा धेरै नेकोन एयर इन्टरनेसनलको ४ करोड ६३ लाख बक्यौता छ । आन्तरिक उडानमै आएको निजी क्षेत्रको कस्मिक एयरको ३ करोड ३३ लाख बक्यौता छ ।
हाल सञ्चालनमा रहेका ३० वटा विदेशी एयरलाइन्स र १४ वटा आन्तरिक एयरलाइन्स पनि बेलैमा रकम नतिर्ने सूचीमा छन् । विमानस्थलको कर्पोरेट महाशाखाले केहीलाई पत्राचार गर्नेबाहेक अन्य कडाइ गरेको छैन ।
नेपाली कामदारलाई लक्ष्य गर्दै ६ वर्षअघि क्वालालम्पुर(काठमाडौं(क्वालालम्पुर रुटमा सस्तो भाडादरमा वाइड बडी विमान उडान थालेको मलेसियाको एयर एसियाले हालै नेपाल उडान बन्द गरेको छ । यसले १४ करोड ८० लाख रुपैयाँ बुझाउन बाँकी छ । विदेशी पर्यटकबाट विमानस्थल विकास शुल्क शीर्षकमा छुट्टै संकलन गरिएको ५ करोड ६७ लाख पनि बक्यौता छ । कान्तिपुर दैनिक
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार