नेपालको रेलसेवा सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढ्यो
इन्द्र रिजाल
चैत १०, २०७५ आइतबार १७:३२:३०
काठमाडौं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेलसेवा सञ्चालनका लागि चाहिने रेल खरिद प्रक्रिया अगाडि बढाइएको रेल विभागले जनाएको छ।
सरकारी तहमा हुने खरिद सम्झौताका लागि भारतीय पक्षलाई नेपाल आउन आउँदो हप्ता पत्राचार गरिने विभागका महानिर्देशक बलराम मिश्रले बताए।
उनका अनुसार सम्झौता गरिएको बढीमा तीन महिनाभित्र रेल नेपाल आइपुग्नेछ। नेपालले खरिद गर्ने रेल भारतको चेन्नईस्थित सरकारी कम्पनीले निर्माण गर्ने अधिकारीहरूले बताएका छन्।
लागत कति हो ?
भारतमा रेल निर्माणदेखि मर्मतसम्मका सबै काम सरकारी कम्पनीबाटै हुने गरेको महानिर्देशक मिश्रले बताए। पहिला नेपालले दुई सेट रेल खरिद गर्नेछ।
‘अहिलेलाई धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्न लागिएको हो। त्यसका लागि तत्काल दुई सेट रेल भए हामीलाई पुग्छ,’उनले भने।
नेपालले कति रकममा खरिद गर्दैछ ?
महानिर्देशक मिश्रका अनुसार नेपालले झन्डै ८५ करोड रुपैयाँमा दुई सेट रेल खरिद गर्न लागेको हो। त्यसका लागि आवश्यक रकम मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरिसकेको छ।
निर्माणाधीन रेलमार्ग
भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ।
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार नेपालले खरिद गर्न लागेको डेमु अर्थात् ुडिजेल इलेक्ट्रिक मल्टिपल युनिटु ट्रेन सेट हो।
ड्राइभिङ पावर कार, ट्रेलर कार र ड्राइभिङ ट्रेलर कार गरी एउटा ट्रेन सेटमा पाँचवटा कार हुन्छन्। अर्थात् बोलीचालीको भाषामा भन्नुपर्दा एउटा ट्रेन सेटमा पाँचवटा डिब्बा हुनेछन् ।
रेलको एउटा सेटमा एक पटकमा १२ सयदेखि १३ सयजनाले यात्रा गर्न सक्नेछन् । अगाडि र पछाडि दुईतिर बाटै गुडाउन मिल्ने भएकोले फर्काउनुपर्ने झन्झट हुँदैन । एसीजडित एउटा कोच पनि हुनेछ, जसमा ५० देखि ६० जना विशिष्ट व्यक्तिले यात्रा गर्न सक्नेछन् ।
कसले चलाउँछ ?
रेलको रङ्ग नेपालले भनेअनुसार हुनेछ। त्यसमा नेपालको राष्ट्रिय झन्डा र नेपाली पहिचान झल्काउने चिनारीहरू हुने महानिर्देशक मिश्रले बीबीसीलाई बताए।
सिनियर डिभिजनल इन्जिनियर चित्रकारका अनुसार कुर्थादेखि जयनगरसम्म आठवटा स्टेशन र हल्ट हुनेछ अर्थात् आठ स्थानमा रेल रोकिनेछ।
नेपाली जनशक्ति तयार नभएसम्म कम्तीमा एक वर्षका भारतबाट चालक ल्याएर चलाइनेछ र त्यसका लागि आवश्यक छलफल भइरहेको महानिर्देशक मिश्रले बताए।
त्यसबाहेक मर्मतका लागि पनि प्राविधिकहरू चाहिने भएकोले त्यो पनि निश्चित समयका लागि भारतबाट ल्याइने अधिकारीहरू बताउँछन्।
भाडादर कति ?
विभागका अधिकारीहरूका अनुसार रेलको अर्डर दिइसकेपछि त्यो नेपाल आइपुग्ने बीचको समयभित्र अरू कर्मचारी भर्ना लगायतका काम पूरा गरिनेछ।
त्यसका लागि आवश्यक ऐन कानुन निर्माणको काम भइरहेको अधिकारीहरूले बताएका छन्। कुर्थादेखि जयनगरसम्मको भाडादर कति हुनेछ भन्नेबारे टुङ्गो लागिनसकेको महानिर्देशक मिश्रले बताए।
रेलसेवा सञ्चालनमा आएपछि सो क्षेत्रमा आवतजावत सहज हुनुका साथै समयको समेत बचत हुने भन्दै सर्वसाधारणहरू उत्साहित देखिएका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार