काठमाडौंको ‘टोलटोलमा प्रहरी कार्यक्रम’ शुभारम्भ
इन्द्र रिजाल
चैत १३, २०७५ बुधबार २२:३०:३८
काठमाडौं । समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न महानगरीय प्रहरी परिसर काठमाडौँले समुदायसँग मिलेर घरदैलो अभियान कार्यक्रमको शुभारम्भ गरेको छ ।
बुधबार काठमाडौंको बसन्तपुरबाट अभियान शुभारम्भ गर्दे प्रहरीले स्थानीयवासीसँग कुनै शङ्कास्पद गतिविधि भएको देखिएमा प्रहरीलाई खबर गर्न अनुरोधसमेत गरेको छ ।
समुदायसँग सहकार्य गरी सूचना सङ्कलन गर्ने लक्ष्यसहित काठमाडौँका सबै स्थानीयतहमा एकैसाथ ‘घरदैलो’ अभियान थालिएको परिसरले जनाएको छ ।
आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री घरघरमा वितरण र टाँस गर्दै समुदायसँग सम्बन्ध विस्तार गर्न उक्त अभियान थालिएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वसन्तपुरका दिनेशमान जोशीको घरमा स्टिकर वितरण गरेर अभियानको थालनी भएको घोषणा गरे । घरभित्र सबैको पहुँच पुग्ने स्थानमा टाँस गर्दा समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । अभियान नितान्त सुरक्षा कायम गर्नका लागि भएको भन्दै कुनै कर उठाउनका लागि नभएको बताए ।
त्यस्तै काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत शुरु भएको घरदैलो कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यकाका आठ लाख बढी घरमा पुगेर सचेतनाका विषय उल्लेख गरिएको स्टिकर टाँस गर्न थालिएको जानकारी दिए ।
घरदैलोसँगै प्रहरीले समुदायसँग मिलेर सडक मानव, सडक बालबालिकामा र मगन्तेलाई जनचेतना र उद्धारमार्फत दिगो र प्रभावकारी व्यवस्थापनको कार्ययोजना बनाउने बताएको छ । प्रहरीले महिला हिंसा, महिला तथा बालबालिकाविरुद्धको अपराध, साइबर अपराध, सवारी साधन दुर्घटना न्यूनीकरण, मदिरा तथा लागुपदार्थ प्रयोगबारे अभिभावकको दायित्व विषयमा अभिमुखीकरण गर्ने कार्यक्रम तय गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार