आइपिएल : कोलकत्तालाई सुपर ओभरमा पराजित गर्दै दिल्लीको दोस्रो जित
इन्द्र रिजाल
चैत १७, २०७५ आइतबार १२:५९:२३
एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा कोलकत्ताले दिएको १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा दिल्लीले १ विकेट गुमाएर १० रन जोड्दै कोलकत्तालाई ११ रनको लक्ष्य दिएको थियो । दिल्लीका ऋषब पन्तले ६ रन जोडे । जवाफमा कोलकत्ताले १ विकेट गुमाएर ६ रन मात्र जोड्न सक्यो । उसका आन्द्रे रसेलले ४ रन जोडे ।
सुपर ओभरमा खेल जानुअघि दिल्लीका युवा ब्याट्सम्यान पृथ्वी शले अर्धशतकीय इनिङ्स खेलेका थिए । शतक बनाउन एक रनले चुकेका पृथ्वी ५५ बलमा ९९ रन जोडेर आउट भए ।
यस्तै कप्तान श्रेयस आयरले ४३ तथा शिखर धवनले १६ रन जोडे । कोलकत्ताका कुलदीप यादबले दुई तथा लोक्की फेर्गुसन, आन्द्रे रसेल र पियुस चावलाले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । खराब सुरुवात गरेको कोलकत्ताका लागि आन्द्रे रसेल र कप्तान दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेले ।
रसेलले ६२ तथा कप्तान दिनेशले ५० रन बनाए । यस्तै क्रिस ल्यानले २०, पियुस चावलाले अविजित १२, रोबिन उथप्पाले ११ तथा कुलदीप यादबले अविजित १० रन जोडे ।
दिल्लीका हर्सल पटेलले २ तथा सन्दीप लामिछाने, अमित मिश्रा, कागिसो राबडा र क्रिस मोरिसले एकरएक विकेट लिए । कोलकत्ताविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए ।
जितसंगै दिल्लीले ३ खेलबाट ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ । कोलकत्ताले भने पहिलो हार व्यहोरेको छ । अघिल्ला २ खेल जितेको कोलकत्ताको पनि ४ अंक रहेको छ । कोलकत्ता शीर्ष स्थानमा छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआईपीएलको दोस्रो क्वालिफायरमा सनराइजर्स र राजस्थान खेल्दै
जेठ ११, २०८१ शुक्रबार
महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा
जेठ १०, २०८१ बिहिबार
श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास : फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ
जेठ १०, २०८१ बिहिबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
यस्ता छन् अलसरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
पाकिस्तानको टी-२० विश्वकप टिमको घोषणा
जेठ १२, २०८१ शनिबार
हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना
जेठ १२, २०८१ शनिबार
भारतको लोकसभाको छैटौं चरणको मतदान आज
जेठ १२, २०८१ शनिबार