राप्रपा संयुक्तको वैधानिकता नै धरापमा, दल दर्ता नहुने
इन्द्र रिजाल
चैत १७, २०७५ आइतबार १३:५८:३९
काठमाडौं । गत माघ १८ गते एकता भएर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी ‘संयुक्त’ को पार्टी वैधानिकतामा प्रश्नचिन्ह लागेको छ ।
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइए पनि उक्त दलले अहिलेसम्म बैधानिकता पाएको छैन । समाचारस्रोतका अनुसार पार्टीले बुझाएको कागजात अपुग छ । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् ।
पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा ‘प्रजातान्त्रिक’ र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएर बनेको पार्टीको नाम राप्रपा ‘संयुक्त’ राखिएको थियो । राणा र लोहनीको निर्णयका आधारमा मात्र एकता भएको र पार्टी्भित्र प्रशस्त छलफल नभएको भन्दै त्यतिबेला नै दुवै पार्टीमा असन्तुष्टि रहँदै आएको थियो ।
राप्रपा ‘संयुक्त’ले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ लाई पनि पार्टी एकताका लागि आव्हान गरिरहेको बेला यो पार्टीको वैधानिकता नै धरापमा पर्ने सम्भावना छ । राप्रपाले हलो चिन्ह मागेको छ । लेटरप्याडमा हलो चिन्ह नै प्रयोग छ । पार्टीले आयोगमा ६४ जनाको केन्द्रीय समिति रहेको नामावली बुझाएको छ ।
राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाइएको ऐनको दफा १० मा दलहरु एकीकरण हुन वा गाभिन सक्ने व्यवस्था छ । यो दफाको उपदफा ९१० मा भनिएको छ– ‘दफा ४ बमोजिम दर्ता भएका दुई वा दुईभन्दा बढी दलहरु एकआपसमा सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्नेछन् ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार