बारा पर्सा हावाहुरी : क्षतिग्रस्त बिजुलीको खम्बा मर्मत गर्न एक हप्ता लाग्ने
इन्द्र रिजाल
चैत १९, २०७५ मंगलबार १९:१:३६
काठमाडौं । आइतवार साँझ तराईका दुई जिल्ला बारा र पर्सामा विध्वंस मच्चाएको हावाहुरीले विद्युतीय पूर्वाधारमा पनि ठूलो क्षति पुर्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
स्थानीय वायुको प्रभावबाट सिर्जना भएको भीषण हावाहुरीले करिब दुई हजार बिजुलीको खम्बा ढालेको अनुमान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका छन्।
हावाहुरीको प्रभाव परेका जिल्लामा सकेसम्म चाँडो विद्युत् प्रवाह शुरू गर्नका लागि आवश्यक जनशक्ति खटाइसकिएको घिसिङले बताएका छन्। mस्थानीय वायुको प्रभाव र भारतमा मध्यप्रदेश निम्न चापीय क्षेत्र विकसित हुँदा शक्तिशाली स्वरूप लिएको हावाहुरीले तराईका दुई जिल्लामा प्रसारण लाइन, ट्रान्सफर्मर र पोलमा क्षति पुर्याएको छ।
प्रभावित क्षेत्रका अधिकांश पोल भाँचिएको छ भने तार हावाले उडाएका छन्। त्यस्तै १० वटा ट्रान्सफर्मर पूर्णरूपमा ध्वस्त भएका छन्।अहिले सोही ठाउँमा ३३ केभीको प्रसारण लाइन चार्ज गरेर अस्पताल लगायतका स्थानमा विद्युत् पुर्याएको छ ।
भारतबाट बिजुली आपूर्ति गर्नका लागि प्रयोग गरिने अन्तरदेशीय प्रसारण लाइनमा समेत प्रभाव परेकाले प्राधिकरणले मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी चलाएर माग धानिरहेको बताएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार