हावाहुरी : बर्षात अघि नै बासस्थानको व्यवस्था मिलाउन निर्देशन
इन्द्र रिजाल
चैत १९, २०७५ बुधबार १:३३:३७
काठमाडौं । संसदीय समितिले बर्षात अघि नै बारा र पर्साका हावाहुरीपीडितका लागी स्थायी बासस्थानको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले बारा र पर्सामा आएको हावाहुरीबाट सयौंको संख्यामा घरहरु भत्किएको भन्दै बर्षात अघि नै घरहरुको पुननिर्माण गरि उचित वासस्थानको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले नीजि आवासको पुननिर्माणको कार्य यहि आर्थिक बर्षमा सक्नुपर्ने भएपछि अर्को आर्थिक बर्षमा मात्र सक्ने पुननिर्माणको तयारी देखिएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यतालिका बनाएर चाडो भन्दा चाडो नीजि आवासको काम सक्ने राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।
त्यस्तै बैठकले भूकम्पपछि पुननिर्माण क्रममा रहेका ग्रामिण सडक, रणनैतिक सडक र खानेपानी संरचनाहरु प्राधिकरणले नै निर्माण सम्पन्न गरेर मात्र हस्तान्तरण गर्न निर्देशन दिएको छ ।
त्यस्तै विश्व सम्पदा सूचिमा रहेका मठ मन्दिर गुम्वा आदीको पुननिर्माण कार्यको प्रगति बिबरण प्रत्येक महिना समितिमा पेश गर्न पनि निर्देशन दिईएको छ ।
बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा हालसम्म भएका उपलब्धिहरु र कार्ययोजना प्रस्तुत गरेका थिए । उनले पुरातात्विक सम्पदा संरक्षणको अवधारणा अनुसार सिंहदरबारको रेट्रोफिटिङ गर्ने जानकारी दिए । उनले परराष्ट्र मन्त्रालयबाट स्टेट हलका रुपमा कार्यक्रम अघि बढाउन सुझाव आएको जानकारी दिए ।
बैठकमा सांसद गणेश पहाडीले संसदको पुरानो भवनलाई रेट्रोफिटिङ गर्नु भन्दा भत्काएर अन्तरार्ष्िट्रय स्तरको बनाउन सुझाव दिए । त्यस्तै सांसदहरुले गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माण, बस्ती स्थानान्तरण, पुनर्निर्माणको बजेट, सडक पुनर्निर्माण, खानेपानी, जीवीकोपार्जन, विद्यालय पुनर्निर्माण, सम्पदा पुनर्निर्माण लगायतबारे जिज्ञासा राखेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
संघीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पाण्डे
जेठ १९, २०८१ शनिबार
चीनको साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार