पाँच ब्रुमरले एक सातामा ९२ टन धुलो उठाए !
इन्द्र रिजाल
चैत २०, २०७५ बुधबार १४:१३:२८
काठमाडौं । काठमाडौंका सडकबाट एक सातामै ९२ टन धुलो संकलन भएको छ । गत बुधबारबाट काठमाडौं महानगरपालिकाका पाँच ब्रुमरले सडक सफा गरिरहेका छन् ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार राति ८ बजेदेखि बिहान ४ बजेसम्म ब्रुमरले सडक बढारिरहेका छन् । हालसम्म बानेश्वर, बालकुमारी, थापाथली, रत्नपार्क आसपास, पुतलीसडक, कलंकी र सोह्रखुट्टे क्षेत्रका सडक ब्रुमरले सफा गरेका छन् । संकलित धुलो टेकु ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरिँदै आएको महानगरले जनाएको छ ।
ब्रुमरले करिब ६ सय किलोमिटर सडक बढारिसकेको महानगरको वातावरण प्रशासन महाशाखाकी प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् । ‘पाँच ब्रुमर २४० घन्टाभन्दा बढी समय चलेका छन् र ६ सय किलोमिटर सडक बढारिसकेका छन्,’ पोखरेलले भनिन् । मुख्य पाँच रुटमा महानगरले ब्रुमर सञ्चालन गरिरहेको छ ।
महानगरका ब्रुमर राति ८ बजेबाट नगर प्रहरी निरीक्षकको नेतृत्वमा सडकमा निस्कन्छन् । सडक सफा गर्न निस्किएका कर्मचारीले एक सातामा मिश्रित प्रतिक्रिया पाएका छन् । ब्रुमर चल्दा मानिस हेर्न निस्कन्छन्, भिडियोसमेत बनाउँछन् ।
‘धेरै मानिसको चासो छ । हेर्ने र भिडियो खिच्नेहरू भेटिन्छन्,’ व्यवस्थापन विभागको कार्यालयमा एक ब्रुमरचालक भनिरहेका थिए, ‘कोहीले राम्रो कामको थालनी भएको भन्दै स्याबासी दिन्छन्, कोही मौन बस्छन्, कसैले गाली गर्छन् ।’ उनका अनुसार केही स्थानीयले ब्रुमरले सडक सफा गरिरहँदा ‘नाटक’को संज्ञासमेत दिने गरेका छन् ।
निर्माणका कामले समस्या
ब्रुमर सञ्चालनमा आएपछि सडकमा धुलो कम भएको महानगरको दाबी छ । तर, विभिन्न संरचना निर्माणका कारण सडकमा धुलो आउने क्रम नरोकिएको महानगरको गुनासो छ ।
ब्रुमरले बढारेपछि सफा भएको सडकमा निर्माणस्थलबाट निस्कने गाडीले हिलो सडकमा ल्याउने र सुकेपछि उड्ने गरेको वातावरण प्रशासन महाशाखाकी प्रमुख पोखरेलले बताइन् । ‘निर्माणस्थलबाट निस्कने सवारीसाधनले सडकमा ल्याउने हिलोका कारण समस्या भएको छ,’ उनले भनिन्, ‘हामी सबैसँग समन्वय गरेर सडक सफा राख्ने प्रयासमा छौँ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार