बारा पर्सा हुवाहुरी पीडितलाई झापाका स्थानीय तहबाट २३ लाख दिने
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार १२:२३:२३
भद्रपुर । झापामा बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले बारा र पर्साका हुवाहुरी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम रु दुई–दुई लाख, गाउँपालिकाहरुबाट रु एक–एक लाख सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो ।
झापामा आठ नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् । स्थानीय तहबाट सङ्कलित रु २३ लाख र स्थानीय सङ्घसंस्थाबाट प्राप्त रकम बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पठाइने प्रजिअ दाहालले जानकारी दिए ।
बैठकमा स्थानीय तहका प्रमुखहरुले सो रकम चार दिनभित्रमा बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने बताए ।
प्रजिअ दाहालले प्राकृतिक प्रकोपमा परेका बाराबासीलाई सहयोग गर्न जिल्लाका सबै सङ्घसंस्थाहरुलाई समेत सहयोगका लागि आह्वान गरेका छन् ।
बुधबार नै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले रु एक लाख २७ हजार २०० बारा रेडक्रस सोसाइटीको राष्ट्रिय वाणिज्य सङ्घमा रहेको खातामा जम्मा गरिदिएको सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपखोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
संरक्षण अभावमा जीर्ण बन्दै गौश्वारका प्राचीन सम्पदा
जेठ १८, २०८१ शुक्रबार
आज काठमाडौँमा हल्का वर्षा हुने पूर्वानुमान
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार