२०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार १४:१३:५८
काठमाडौं । सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ।
समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्न सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द गर्ने निर्णय गरेको उल्लेख छ। ‘यो नितिगत निर्णय हो’, प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने, ‘सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्न त्यसका लागि हाल प्रयोगमा रहेको ८०० मेगाहर्जको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्ने कुरा अघि बढेको हो।’
यसअघि सेवा प्रदायकले ८ सय र १८ सय ब्यान्ड फ्रिक्वेन्सीमार्फत सीडीएम सेवा प्रदान गर्दै आएका थिए। त्यसमध्ये १८ सय ब्यान्डबाट उपलब्ध सीडीएमए सेवा पूर्ण रूपमा बन्द भइसकेको अर्याल बताउँछन्।
अर्यालका अनुसार ८ सय मेगाहर्ज ब्यान्डमा सीडीएमए सेवा हाल नेपाल टेलिकमको मात्र छ। टेलिकमले सीडीएमए सेवा विस्तार गर्न ६ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्दै आएको छ।
यसैबीच गत माघ २९ गते रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैंठकले टेलिकमलाई ८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सी थप गरिदिएको थियो। तर, अहिले प्रयोगमा रहेको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता गर्नुपर्ने सर्तमा यो उपलब्ध गराएको हो। टेलिकमले देशभर थ्रीजी र फोरजी सेवा विस्तार गरेसँगै सीडीएमए सेवा बन्द गर्ने भनिएको छ।
सीडीएमए सेवा बन्द गरेपछि अहिले सीडीएमएका लागि प्रयोग भएको ८ सय मेगाहर्ज ब्यान्डको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता लिने गरी थप १० मेगाहर्ज दिने निर्णय भएको थियो। अन्नपूर्ण पोस्ट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार