बीसभन्दा बढी स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १६:२४:०
२३ चैत, काठमाडौं । सावधानी नअपनाउँदा २० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दुई सातायता कोरोना संक्रमण बढ्दै गएको छ । स्वास्थ्यकर्मीहरूमा पनि संक्रमण पुष्टि हुन थालेपछि सर्वसाधारणमा अक्र बढी संक्रमण बढेको अनुमान गर्न थालिएको छ । काठमाडौंका ठूला अस्पतालमा नै स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड युनिफाइड अस्पतालको रुपमा तोकिएको वीर अस्पतालमा पनि सातजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरुमा फाट्टफुट्ट कोरोना पोजेटिभ देखिइरहेको भन्दै सतर्कता अपनाउन भनिएको छ । वीरमा बिहीबारसम्म तीनजना संक्रमित उपचाररत रहेका छन् । संक्रमण बढ्न थालेपछि अस्पताल आउने बिरामीलाई समेत एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ ।
उता, मीनभवनस्थित सिभिल सर्भिस अस्पतालमा पछिल्लो दुई सातायता २० जनाभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएका छन् । चिकित्सकसहित विभिन्न विभागका कर्मचारी संक्रमित भएपछि ईसीजी, आईसीयूलगायतका सेवा प्रभावित भएका छन् । संक्रमित कर्मचारीलाई पालैपालो होम आइसोलेसनमा राखेर ड्युटी मिलाइएको छ । अस्पतालको आईसीयूमा भर्ना भएका तीनजना बिरामीमा पनि कोरोना संक्रमण देखिएपछि केही दिनअघि मात्रै वीर अस्पताल रिफर गरिएको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पनि तीनजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सिकिस्त नभए पनि होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । दुईजना संक्रमित उक्त अस्पतालमा भर्ना भएर उपचाररत रहेका छन् । उपत्यकाबाहिर झनसंक्रमणको खतरा बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार