तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १६:४१:१५
२३ चैत, दाङ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिए ।
कूल कैदीबन्दीमध्ये एक सय ५० कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये एक सय ३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवामा छन् । जसमा एक बालक आश्रित छन् । यसैगरी लागुऔषधका एक सय १३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन् । साथै चार कैदी र १४ थुनुवा गरी १९ महिला छन् । साथमा एक आश्रित बालक पनि छन् ।
जिउ मास्ने मुद्दामा २१ कैदीबन्दी र पाँच थुनुवा रहेका छन् भने त्यस्तै चोरीमा २५, ज्यान मार्ने उद्योग र सवारी ज्यानका आठ÷आठ, अपहरण, डाँकाचोरीका छ÷ छ, बैंकिङ कसुर ६, ठगी चार, हातहतियार,वन पैदवार तीन÷तीन, बहुविवाह, आगलागी दुई÷दुई ,रहेको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनका अनुसार अप्राकृतिक मैथुनका चार, आललागीका दुई, खोटा चलान दुई, रकमहिनामिना एक र अन्य चार जना कैदीबन्दी कारागारमा छन् ।
तीन बालक आश्रित
कारागारमा तीन बालक आश्रित छन् । उनीहरु सबै पाँच वर्षमुनिका रहेको पनि नासु केसीले बताउनुभयो । उहाँले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकी जमुना कँवरका तीन वर्षीय छोरा, लागुऔषधमा पूर्वपक्षका लागि थुनामा रहेकी तुलसीपुर– ६ की सुशीला श्रेष्ठका डेढ वर्षीय छोरा, बैंकिङ कसुरमा पूर्वपक्षका लागि कारागारमा थुनामा रहेकी एक महिलाका आठ महिनाकी छोरी रहेकी छन् । ती बालिकालाई जानकी गाउँपालिका बाँकेकी कुसुम थापाले तुलसीपुर कारागारमा नै जन्माएकी हुन् ।
२१ विदेशी कैदी
तुलसीपुर कारागारमा २१ विदेशी कैदी छन् । तीमध्ये अधिकांश भारतीय नागरिक छन् । जबर्जस्ती करणीका दुई, लागुऔषधका सात, हातहतियार तीन, चोरी दुई, सवारी ज्यान दुई, कर्तव्य ज्यान एक, बैंकिङ कसुर दुई, अप्राकृतिक मैथुन एक अपहरणका एक गरी २१ विदेशी कैदी रहेको कारागारका सूचना अधिकारी केसीले जानकारी दिए । खुला सिमानाका कारण भारतीय नागरिक व्यवसायका लागि नेपाल आउने र नेपाल आएको बेला आपाराधिक क्रियाकलापमा संलग्न हुने गरेको उनको भनाइ छ ।
महिला चिकित्सक नहुँदा समस्या
कारागारमा महिला चिकित्सक नहुँदा समस्या भएको महिला कैदीले बताएका छन् । “पुरुषका लागि चिकित्सक छन्, तर महिलाका लागि छुट्टै चिकित्सक नहुँदा आफ्ना समस्या खुलाउन समस्या हुन्छ”, एक महिला कैदीले भनिन् ।
तुलसीपुर कारागारका प्रमुख श्रीधर टण्डनले कारागारमा सरसफाइ, स्वास्थ्य, खेलकुद सामग्रीको अभाव रहेको बताए । उनले कैदीबन्दीका लागि कानुनी, ज्ञानवर्द्धक पुस्तकको अभाव रहेकाले सहयोग गरिदिन समेत सबैलाई आग्रह गरे। त्यस्तै मनोसामाजिक परामर्शका लागि डाक्टरको आवश्यता रहेको पनि उनको भनाइ छ । तुलसीपुर कारागारका दुईवटा भवन छन् । हाल पाँच सय आठ पुरुष र १७ महिला गरी पाँच सय २२ कैदीबन्दी, २९ महिला र १३ पुरुषगरी ४२ थुनुवा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार