न्युनतम साझा कार्यक्रममा डिजिटल हस्ताक्षर प्रयोग गरिएको भन्दै अध्यक्ष केसीको आपत्ति
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १३:२९:३६
२४ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्युनतम साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् ।
बिहीबार साँझ सत्ता साझेदार १० दलका प्रमुख नेताहरुको हस्ताक्षर गरी सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो । त्यसमा आफ्नो सहमतिबेगर डिजिटल हस्ताक्षर प्रयोग गरिएको भन्दै अध्यक्ष केसीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।
दलहरुले जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौं गम्भीर प्रकारका मतभेदहरु रहेको विज्ञप्तिमा जनाएका छन् । उनले यही मतभेदका कारण विगतको पाँच दलीय सरकारले जारी गरेको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको र त्यो नीति अहिले पनि कायमै रहेको उल्लेख गरेका छन् ।
‘तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन’ केसीले विज्ञप्तिमा लेखेका छन् । उनले कार्यक्रममा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार