विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १३:५४:२२
२४ चैत, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-६ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-११ सालवारी बस्ने ४० वर्षीय तुलसी गिरी र ३१ वर्षीय यामबहादुर अधिकारी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१७ प ४२६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका-३ पालिका बजार डेरा गरी बस्ने धनकुटा घोर्लिखर्क गाउँपालिका-२ घर भएका ३२ वर्षीय रमेश श्रेष्ठलाई अवैध लागुऔषध ब्राउनसुगर करिब ५ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठाबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलबाट नियन्त्रित लागूऔषध वनरेक्स २ सय ४० बोतल, डाईजेपाम ६ सय ५० एम्पुल, नुर्फिन ६ सय एम्पुल र फेनारगन ६ सय एम्पुलसहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिवान पन्चायत-५ बस्ने २६ वर्षीय अमित कुमार र २३ वर्षीय अनिलकुमार रहेका छन् ।
विशेष सूचनाको आधारमा बाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगजंबाट काठमाडौंतर्फ जाँदै गरेको बिआर २९ जिबि ५४८६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी गाडीका चालक अमित र गाडीमा सवार अनिललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको बहानामा चीन पुर्याई मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ
जेठ ८, २०८१ मंगलबार
कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार
नारायणकाजीको सम्पत्ति एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ?
जेठ ८, २०८१ मंगलबार
श्रीलङ्कामा प्रतिकूल मौसमी प्रभाव बढ्दो, ३३ हजारभन्दा बढी मानिस प्रभावित
जेठ ८, २०८१ मंगलबार