लोकप्रिय गुन्द्रुक पौष्टिक तत्व र भिटामिनले भरिपूर्ण खान्की
नेपालबहस संवाददाता
चैत २५, २०७९ शनिबार ९:८:४५
२५ चैत, काठमाडौं । ढिडों र गुन्द्रुक’ । यस्तो लाग्छ, यी एकअर्काका परिपूरक हुन् । सबै जनाको बानी हुन्छ, जब गुन्द्रुकको कुरा आउँछ, ढिडोंको तलतल लाग्छ । जब ढिडोंको प्रसंग आउँछ, गुन्द्रुकको याद आउँछ ।
ढिडों गुन्द्रुक, जसलाई हामी हाम्रो रैथानी परिकार पनि भन्छौं । कुनैबेला यो दुखको छाक टार्ने मेलो थियो । ढिडों र गुन्द्रुक भन्नसाथ अभावको बेला भोको पेट भर्ने खान्की मानिन्थ्यो । यसको अर्थ के भने, यी खान्की केवल पेट भर्नका लागि मात्र हो ।
अहिलेको अवस्था फरक छ । त्यही ढिडों गुन्द्रुकले शहरिय पुस्तामा प्रवेश गरेको छ । अहिले ढिडों गुन्द्रुक खोजी-खोजी खाइन्छ । अवस्था कस्तो छ भने, ढिडों गुन्द्रुकको स्वाद मेट्नका लागि अब गाउँपाखा होइन, शहरका उत्कृष्ट रेष्टुरेन्ट चाहर्नुपर्ने हुन्छ । अर्थात ढिडो र गुन्द्रुक फरक परिकारको रुपमा ब्रान्डिङ भएको छ । तिख्खर रैथाने स्वाद खोज्नेका लागि यो खान्की सर्वोत्तम विकल्प हो ।
अहिले पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने चेत बढेको छ । सन्तुलित भोजनको तालिका अनुसार खाना खाने गरिन्छ । यस्तो अवस्थामा सागलाई उसिनेर, बफ्याएर, सुकाएर तयार गरिएको गुन्द्रुक के वास्तवमै खान लायक हो रु प्रश्न स्वभाविक रुपमा उठ्छ ।
ढिडोंको कुरा छाडौं । अब कुरा गराैँ ! गुन्द्रुककाे गुन्द्रुक एक पौष्टिक तत्व भिटामिनले भरिपूर्ण खान्की हो । हामी सबैलाई थाहा भएकै कुरा, सिन्की मुलाबाट बनाएको हुन्छ भने गुन्द्रुक हरियो सागपातबाट । यस्तो नेपाली भान्सा नहोला, जहाँ सिन्की-गुन्द्रुक नपाकेको होस् । यस्ता नेपाली नहोलान्, जसको जिब्रोले सिन्की-गुन्द्रुकको स्वाद नपाएको होस् ।
चिल्लो-चाप्लो खाएर पेट ढुस्स भएको बेला होस् वा अपचको स्थितिमा, सिन्की-गुन्द्रुक खाएपछि भने पेट हल्का हुन्छ । खासमा त यसले भोक जगाउने काम पनि गर्छ । मगमग बास्ना आउने, अमिलो र भिन्नै मीठो स्वाद हुन्छ सिन्की-गुन्द्रुकको । यसमा घिउ वा तोरीको तेल हालेर बनाउँदा एकदम स्वादिलो हुन्छ ।
विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । तिब्बत, भुटान, सिक्किम, दार्जलिङमा पनि गुन्द्रुकको प्रचलन भने छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । यो विदेशीले पनि अत्यन्तै पन पराउने परिकार हो । गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदर्थ हुने गर्छ । यो छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार हो ।
गुन्द्रुक क कसले खान हुँदैन
युरिक एसिड बढेका र बाथरोग भएका बिरामीले गुन्द्रुक खानु हुँदैन । यस्ता बिरामीले गुन्द्रुक खाँदा हाडजोर्नीको दुखाइ झन् बढ्छ । त्यसकारण यी रोगका बिरामीले गुन्द्रुक मात्रै होइन यसैगरी बनाइएका अन्य अचार पनि खानु हुँदैन । जटिल रोग भएका व्यक्तिले गुन्द्रुक खाँदा जोखिम हुन सक्छ । तर मधुमेह भएका बिरामीले भने सन्तुलन मिलाएर खान मिल्छ ।
गुन्द्रुकका फाइदा
आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । गुन्द्रुकले आँखामा हुने अल्सरको सम्भावनालाई पनि कम गर्छ ।
गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ । यसले क्यान्सको सम्भावनालाईसमेत दुर गर्ने काम गर्छ ।
ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा पुर्याउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ ।
स्मरणशक्ति कम हुनेहरुले रायोको गुन्द्रुक सेवन गर्दा राम्रो हुन्छ । किनकी यसले स्मरणशक्ति बढाउनको लागि पनि सहयोग पुर्याउँछ ।
अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार