अमेरिकन एक परिवारमा सयौं बर्ष पछि बल्ल छोरीको जन्म
नेपालबहस संवाददाता
चैत २५, २०७९ शनिबार १५:८:५
२५ चैत, काठमाडौं । एक सय ३८ वर्षपछि परिवारमा छोरीको जन्माउने श्रीमान श्रीमतीको यो कथा सुनेर छक्क पर्नुहुनेछ । अमेरिकाको मिसगनमा एक दम्पतीले दुई साताअघि अड्रे नामक छोरीलाई परिवारमा स्वागत गरे। गुड मर्निङ अमेरिकाको एक रिपोर्ट अनुसार तिनीहरूका लागि नयाँ अध्याय अरु भन्दा फरक यसकारण यो थियो कि सन् १८८५ पछि उनीहरुको परिवारमा पहिलोपटक छोरी जन्मेकी थिइन । छोरी बाबु एन्ड्रयू क्लार्क भन्छन, ‘यो हामी सबैको लागि ठूलो आश्चर्य थियो।’
आमा, क्यारोलिन क्लार्कका अनुसार उनको श्रीमनाले दस वर्ष अघि पुर्खौ देखी परिवारमा छोरीको रुपमा कुनै सन्तान जन्म नभएको कुरा सुनाउँदा आश्चर्य लागेको थियो । जो उनलाई लामो समयसम्म पनि विश्वास लागेको थिएन ।
सो कुरा सुनेपछि क्यारोलिन श्रीमानका आमाबाबुलाई यो बारेमा सोधपुछ गरिन । ‘ उनीहरूले मलाई भने हो, धेरै पुस्ता देखी हामीसँग छोरीको रूपमा सन्तानहरु छैनन् ।’ उनका अनुसार उनका ससुरा काकाहरुवाट छोरीको जन्म भएको त थियो तर छोरीका वंशमा पनि अब कुनै छोरीहरू छैनन्। घरमा सधै पुरुष मात्रै सन्तानको रूपमा जन्मेका छन् ।
ती दम्पतीको २०२१ मा गर्भपात भएको थियो तर आश्चर्यजनक रुपमा सयौं बर्ष पछि उनीहरूको सम्पुर्ण परिवारको जीवनमा नसोचेको थप खुशी ल्याउँछ भन्ने सोचेका पनि थिएनन ।
क्लार्कले भनिन, ‘जब मैले थाहा पाएँ कि म पुन गर्भवती भएको छु, हामीलाई यो परबाह थिएन कि अब जन्मने सन्तान छोरा हुन्छ वा छोरी रु म गर्भवती भएकोमा नै कृतज्ञ थिएँ । स्वस्थ गर्भावस्था र स्वस्थ बच्चाको लागि प्रार्थना मात्रै गर्दै थिए।’
तर, गत वर्ष सेप्टेम्बरमा, ती दम्पतीले आफ्नो परिवारका सदस्यहरुलाई एक उत्सवको लागि निम्तो दिए, जहाँ उनीहरूले बच्चाको लिंग पत्ता लगाउन कुकीहरू खाएका थिए । अचम्मको कुरा, स्टफिंग गुलाबी थियो।
क्लार्कले गुड मर्निङ अमेरिकालाई भनिन, ‘हामीले यसलाई आफ्नै लागि पनि गोप्य राखेका थियौं । तर, म छक्क परें किनकी त्यो कुकीको केन्द्र, जहाँ वास्तवमा गुलाबी थियो । त्यसैले यो हाम्रो लागि आश्चर्य थियो।’
नवजात आमाले सन्तानको आगमनले परिवारमा खुसीको लहर चलेको बताइन् । ‘हामी धेरै खुसी छौं कि उनी अन्ततः यहाँ हामीसँग छिन् र उनी स्वस्थ पनि छिन् र मेरो पनि प्रसवसँगै सबै कुरा राम्ररी बितेर गयो।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार