कञ्चनपुरमा रेबिज रोग भयावह बन्दै
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १३:५०:५२
♦ मोहन जोशी
२६ चैत, धनगढी । कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ । पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपञ्छिमा रेबिज तिब्र रुपमा देखिन थालेको हो भने रेबिजका कारण मर्ने पशु चौपायको संख्या समेत बढ्न थालेको छ ।
‘कैलालीको गौरिगंगा र धनगढीमा रेबिज संक्रमण भएका पशु चौपाया भेटिएका छन्,’ पशुपंछी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा.नरेश जोशीले भने, ‘कञ्चनपुरमा यसको संक्रमण उच्च रुपमा देखिएको छ, रेबिजका कारण पशु मर्नेक्रम पनि कञ्चनपुरमै उच्च रहेको छ ।’
उनका अनुसार हालसम्म कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा एटा भैसी, एक बाख्रा, शुक्लाफाँटा नगरपालिकामा एउटा कुकुर, भीमदत्त नगरपालिकाका विभिन्न वडामा कुकुर, बाख्रा, गाईको बच्छो, गाई, लालझाडी गाउँपालिकामा कुकुर लगायत धेरै पशुपंछी रेबिज रोगका कारण मरेको पुष्टि भएको छ ।
‘कार्यालयमा रेबिजका कारण पशुचौपाय मरेको थोरैमात्रै तथ्याङ्क आएको छ,’ जोशीले भने, ‘तर पछिल्लो एक डेढ महिना यता रेबिजका कारण मात्रै ५ सय भन्दा बढी पशु चौपाय मरेको हाम्रो आकलन रहेको छ ।’
यता कैलालीको धनगढी र गौरिगंगाको एउटा–एउटा बाख्रामा पनि रेबिज रोग पुष्टि भएको प्रयोगशाला प्रमुख जोशीले बताए । उनले पशु चौपायमा रोगको संक्रमण देखिएपछि त्यसको कुनै औषधि नभएको समेत बताए । ‘रोग नियन्त्रण गर्ने एउटै उपाय रोग लाग्न पुर्वनै पशुचौपायमा रेबिजविरुद्धको खोप लगाउनु हो,’ प्रयोगशाला प्रमुख जोशीले भने, ‘रोग लागिसकेपछि त्यसलाई निको पार्ने कुनै औषधि अहिलेसम्म पत्तालागेको छैन, रोग लागेको चौपाया मरिहाल्छ ।’
उनले रेबिजको संक्रमण बढ्नथालेपछि पछिल्लो समय २४औं घण्टा प्रयोशालामा रोगकको परिक्षण हुने गरेको बताए । ‘श्रोतसाधन न्युन हुँदा पनि कर्मचारी जिम्मेवारीपुर्ण तरिकाले काम गरिरहेको छ,’ उनले भने, ‘अहिले २४औं घण्टा प्रयोगशालामा हामी काम गरिरहेका छौं, अत्यावश्यक सेवाका लागि पशु एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ ।
रोग लाग्न नदिन के गर्ने ?
पशुपंछीमा रेबिज रोग लाग्न नदिन खोप लागाउनु एक मात्र विकल्प भएको पशुपंछी अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा.नरेश जोशीको भनाइ छ । ‘रोगलागिसेपछि यसको औषधि अहिलेसम्म पत्ता लागेको छैन,’ जोशीले भने, ‘त्यसलै सवैले आफ्ना पशु चौपायमा रेबिजविरुद्धको खोप लगाउनु अपरिहार्य छ ।’
रेबिज रोग खास गरी स्याल र संक्रमित कुकुरको टोकाईबाट सर्ने गर्दछ । त्यसैल सवैले आफ्नो घरमा पालेका कुकुरलाई रेबिजविरुद्धको खोप अनिवार्य लगाउन उनले सुझाव दिएका छन् । त्यसैगरी सडकमा रहेका सामुदायिक कुकुरमा पनि खोप लगाउनु अनिवार्य भएको डा. जोशीको भनाई छ ।
‘कुकुर वा स्यालले पशु चौपायलाई टोकेको खण्डमा तत्काल ती पुशुमा खोप लगाउन उनले सुझाव दिएका छन् । कुकुर वा स्यालले टोक्दा र्यालमा रेबिजको किटाणु देखिएको अवस्थामा पशुपञ्छि रोग अन्वेषण प्रयोगशालाले निशुल्क खोप लगाउने कार्यक्रम रहेको उने बताए । त्यसैले पशुपंछीलाई कुकुर वा स्यालले टोकेको खण्डमा तत्काल पशुपंछी रोग अन्वेषण कार्यालयमा खबर गर्न उनले अनुरोध समेत गरेका छन् ।
अहिले गोठमै पशुमा रोग भए नभएको पत्तालगाउने प्रविधि भित्रिएको छ,’ उनले भने, ‘त्यसैले पहिला जस्तो रेबिज पत्तालगाउन प्रयोगशालामै आउनुपर्ने अवस्था छैन, त्यसैले किसानले पपशुपंछीमा रेबिज जस्तो लक्षण देखिएको खण्डमा तत्काल पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला वा स्थानीय पालिकाको पशु शाखामा जानकारी गराउन अनुरोध छ ।
के हो रेबिज, कसरी सर्छ ?
सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । दिमागको गिदीमा संक्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्को जनावारको शरीरमा प्रवेश गर्छ ।
रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
लक्षण
रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।
त्यसैगरी पशु चौपायमा बौलाउने, झोक्राउने, ¥याल चुहाउने जस्ता लक्षण देखिएमा रेबिज रोग हुन सक्छ । त्यसतो लक्षण देखिएका मानिस वा पशुलाई छुट्टै स्थानमा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
प्रदेश भर एउटै प्रयोगशाला, बजेट छैन
पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुदूरपश्चिममा एउटा मात्रै रहेको छ । जसका कारण सुदूरपश्चिमका ७ वटा पहाडी जिल्ला प्रयोगशालको सेवा लग्न पाउँदैनन् । धनगढीमा रहेको प्रयोगशालाले कैलाली, कञ्चनपुरमा अहिले जसोतसो सेवा दिंदै आएको छ । कार्यालयमा हाल तीन पशु विशेषज्ञ डाक्टर प्राबिधिक कर्मचारी कार्यरत रहेका छन् । अत्यावश्यक सेवाका लागि प्रयोगशालामा पशु एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ ।
तर, बजेट अभावका कारण भने काम गर्न सकस भइरहेको प्रयोगशालाका प्रमुख जोशी बताउँछन् । ‘संघिय सरकारले अहिले सबै योजना तथा कार्यक्रमको बजेट कटौति गरेको छ,’ कार्यालय प्रमख डा। जोशीले भने, ‘जसका कारण श्रोतसाधनको समस्या हुन थालेको छ, अहिलेसम्म जसोतसो काम गरिरहेका छौं, आगामी दिनमा केहुन्छ भन्न सकिदैन ।’ अहिले पनि कतिपय अवस्थामा कर्मचारीले आफ्नो व्यक्तिगत खर्च व्यहोरेर फिल्डमा जानुपर्ने अवस्था रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीको तापक्रम ४३.३६ डिग्री सेल्सियस, विद्यालय सञ्चालनमा कठिनाइ
जेठ १७, २०८१ बिहिबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
जेठ १८, २०८१ शुक्रबार
आज काठमाडौँमा हल्का वर्षा हुने पूर्वानुमान
जेठ १८, २०८१ शुक्रबार
बेलबारीमा बाल कला महोत्सव
जेठ १८, २०८१ शुक्रबार
किसानलाई अनुदानमा ट्रयाक्टर वितरण
जेठ १८, २०८१ शुक्रबार
तनहुँको खुदीखोलामा पक्की पुल बन्दै
जेठ १८, २०८१ शुक्रबार
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प सबै ३४ आरोपमा दोषी ठहर, जुलाई ११ मा सजाय तोकिने
जेठ १८, २०८१ शुक्रबार