नयाँ स्टक र ब्रोकर लाइसेन्स रोक्न माग गरिएको रिट खारेज
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १७:४६:१
२६ चैत, काठमाडौं । सर्वोच्च अदालतमा परेको नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स रोक्न माग गरिएको रिट खारेज भएको छ ।
धितोपत्र बजारको नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्ने सरकारले निर्णय खारेजीको माग गर्दै अविक्ता दीपकविक्रम मिश्रले गत आसोज ३१ मा दायर गरेको रिट आइतबार अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले सुनुवाइपछि खारेजी गर्ने निर्णय सुनाएको हो । रिटमा प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो ।
खारेजीको आदेशसँगै धितोपत्र बजारको नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण बाटो खुलेको छ ।
नेपाल धितोपत्र बोर्डले एक स्टक एक्सचेन्ज, दुई कमोडिटी एक्सचेन्ज र संख्या नखुलाई ब्रोकर लाइसेन्स वितरणका लागि गत भदौमा धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को दोस्रो संशोधन र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ चौथो संशोधन गरेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।
उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिने निर्णय गरेको थियो । तर निर्णय बदरको माग गर्दै मिश्रले रिट दायर गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार