भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १८:१५:११
२६ चैत, नयाँ दिल्ली । भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ 'आइयुसीएन' ले जनाएको छ । बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ ।
बिरालो प्रजातिहरूमध्ये सबैभन्दा ठूलो बाघका लागि कुनै समय मध्य, पूर्वी र दक्षिणी एसिया महत्वपूर्ण क्षेत्र मानिन्थ्यो । आइयुसीएनका अनुसार विगत १०० वर्षमा बाघले आफ्नो ऐतिहासिक दायराको ९३ प्रतिशतभन्दा बढी हिस्सा गुमाइसकेको छ र अहिले १३ देशमा सिमित सङ्ख्यामा छरिएर मात्र बाघको अस्तित्व जोगिएको छ ।
भारतीय गणनाअनुसार देशभर तीन हजार १६७ वटा बाघ रहेका छन् भने यस पहिलेको गणनामा यो सङ्ख्या दुई हजार ९६७ थियो । विश्वभर प्रत्येक चार वर्षमा क्यामेरा ट्रयाप र कम्प्युटरको प्रयोग गरेर प्रत्येक प्राणीको पहिचान गर्न सर्वेक्षण गरिन्छ ।
अघिल्लो चार वर्षमा ३० प्रतिशतभन्दा बढी वृद्धि दर रहेकोमा यो अवधिमा यो दर घटेर सात प्रतिशतभन्दा कममा झरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ सङ्ख्यालाई ‘गर्वको क्षण’ भनेका छन् ।
“हाम्रो परिवार विस्तार भइरहेको छ,” उनले दक्षिणी शहर मैसूरुमा आयोजित एक समारोहमा भने । “यो भारतका लागि मात्र नभइ विश्वकै लागि गर्वको विषय हो ।
वन फँडानी, अवैध शिकार र वासस्थानमाथिको मानव अतिक्रमणका कारण एसियाभरि बाघको सङ्ख्या नष्ट भएको छ तर मोदीले भने, “जनताको सहभागिता र देशको संरक्षणको संस्कृति का कारण भारतले बाघको सङ्ख्या बढाउन भारत सफल भएको छ ।” अहिले विश्वमा बाघको सङ्ख्याको ७५ प्रतिशत हिस्सा भारतमै रहेको र ‘विश्वकै सबैभन्दा ठूलो बाघ रेन्ज भएको देश’ रहेको उनले बताए ।
सन् १९०० मा एक लाख भन्दा बढी बाघहरू यस ग्रहमा घुमिरहेको अनुमान गरिएको थियो । तर सन् २०१० मा यो सङ्ख्या तीन हजार २०० मा झरेको थियो । सन् २०१० मा भारत र बाघको सङ्ख्या भएका अन्य १२ देशले सन् २०२२ सम्ममा पाटे बाघको सङ्ख्या दोब्बर बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको सङ्ख्या करिब ४० हजार रहेको अनुमान गरिएको छ । त्यसपछिका दशकहरूमा यो सङ्ख्या घटेर सन् २००२ मा तीन हजार ७०० पुगेको थियो । चार वर्षपछि यो सङ्ख्या एक हजार ४११ मा झरेको थियो ।
विश्व वन्यजन्तु कोष–भारत 'डब्ल्यूडब्ल्यूएफ–इन्डिया' तथा वासस्थान कार्यक्रमका निर्देशक दीपाङ्कर घोषले एएफपीसँग भने, “एकातर्फ बाघको सङ्ख्यामा पछिल्लो वृद्धि उत्साहजनक छ । अर्कोतर्फ यसले हामीलाई यो पनि बताउँछ कि अब हामी प्रत्येकले क्षयभएको वासस्थानको पुनस्र्थापना गर्न, करिडोरमार्फत बाघको सुरक्षित आवागमन सुनिश्चित गर्न र सहअस्तित्वलाई बढावा दिन अझ कडा परिश्रम गर्न आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार