मन्त्रीका आकांक्षी पौडेलप्रति सिटौला मौन, सभापति देउवा रुष्ट
केदार भट्टराई (काका)
चैत २७, २०७९ सोमबार १६:१:१२
२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेल यति बेला संरक्षित समूहभन्दा बाहिर देखिएका छन् । सत्ता समीकरण बदलिएपछि कांग्रेस सरकारमा जाने चर्चा चल्दा उनी मन्त्री बन्ने चर्चाकाे पहिलाे लिष्टमा थिए । अहिले कांग्रेसले पठाउने चार मन्त्रीका नाम औपचारिक रुपमा नबाहिरए पनि पौडेल यो प्रतिस्पर्धाको दौडभन्दा निकै पर देखिएका छन् । उनलाई मन्त्री बनाउन महासचिव द्वय गगन थापा र विश्वप्रकाश शर्माको पहल थियो भनिए पनि यसमा खास चाम देखिएन र देखिने सम्भावना पनि कम देखिएको छ । संसदीय दलको निर्वाचनपछि उनी गुटीय राजनीतिभन्दा पर देखिएका छन् ।
गएको १४ औँ महाधिवेशनबाट गगन थापा कृष्णप्रसाद सिटौला समुहबाट अलग भएपछि पौडेल सक्रिय देखिएका थिए । महाधिवेशनमा सिटौलाका कारण उनले सभापति शेरबहादुर देउवाको समूहबाट पनि साथ पाएका थिए र महामन्त्रीका उम्मेदवार पनि भए । यसको एकवर्ष पछि भएको आम निर्वाचनमा आफू पक्षका नेता व्यवस्थापन गर्न सफल देखिएका नेता सिटौला अहिले मन्त्रीको खेलमा मौन देखिएका छन् । निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफू पक्षका नेतामा सभापति देउवाबाट टिकट फुत्काउने नेता मध्ये सिटौला पहिलाे भए । उनले प्रदीप पौडेल, रामजनम चौधरी, भीमसेन दास प्रधान, कुन्दन काफ्ले लगायतलाई टिकट दिलाउन सफल भए ।
चौधरी र प्रधान पराजित भए भने पौडेल र काफ्ले निर्वाचित भए । तर, मन्त्रीको आकांक्षी देखिएका पौडेलले पछिल्लो समयमा आएर गुटमा अलमल देखाएपछि सिटौलाले उनलाई चासो नदिएको उनी पक्षीय नेताहरू बताउँछन् । कुन्दनलाई बाग्मती प्रदेशको मन्त्री बनाउने विषयमा पनि सिटौलाले सभापति देउवालाई खास दवाव नदिएको बुझिएको छ । उनी बाग्मती प्रदेशका मुख्य सचेतक भएपनि मन्त्रीका आकांक्षी थिए । तर, आइतबार भएको मन्त्रिपरिषद विस्तारमा कांग्रेसबाट एक मन्त्रीले मात्र शपथ लिएका छन् ।
यति बेला सिटौलाले प्रदीपलाई किन साथ दिएनन् भन्दा पनि उनको समूहबारे बढी चर्चा हुने गरेको छ । पौडेल अहिले कुन समुहमा छन भन्ने प्रश्न कांग्रेसका नेताभित्रै पनि उठिरहेका छन । महाधिवेशनमा उनी सिटौला समूहमा थिए । सिटौलाको साथ सभापति देउवालाई भएकाले प्रतिनिधिसभाको निर्वाचनमा टिकट वितरण हुँदा यसैको प्रभावले उनले टिकट पाएको चर्चा पनि भएको थियो । काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएपछि उनी कांग्रेसबाट मन्त्री बन्ने चर्चा त्यति बेलै चलेको हो । तर, यति बेला पौडेल आफै अलमलमा देखिएका छन् ।
कांग्रेस संसदीय दलको नेताको चुनाव हुँदा पौडेल एकाएक महामन्त्री गगन थापाको पक्षमा देखिए । उनी थापाको पक्षमा आएपछि सभापति देउवालाई काउण्टर दिनसक्ने मत दलको चुनावमा थापाले पाउने टिप्पणी भए । ४० प्रतिशत मत सभापति देउवाको विपक्षमा पर्ने अनुमान गरिएको थियो । तर, गगनका पक्षमा अनुमानित मत आएन । संस्थापन इतर समुहकै मत पनि मन्त्री बन्न इच्छुकहरुले नदिएको भनियो । तर, यसको अनुसन्धान भएन । महामन्त्री थापाका पक्षमा पौडेल आएपछि उनको गुटबारे चर्चा सुरु भएको थियो ।
नेताहरूको भनाइमा उनी दलको चुनाव गगन पक्षमा आएपछि सभापति देउवा उनीप्रति रुष्ट छन् । सिटौलाले पौडेलका विषयमा सामान्य कुरा राख्दा पनि देउवाले चासो दिएका छैनन् । दलको चुनावमा भएको अदलबदलपछि देउवाको पाैडेलप्रतिको नजर पनि बदलिएको छ । उनी पौडेललाई तत्काल मन्त्री बनाउने पक्षमा देखिएका छैनन् । देउवाका पक्षमा खुलेर नलागेपछि सिटौलाले पनि उनलाई खास प्राथमिकता दिन छाडेको बताइन्छ । पौडेल शेखर समूहमा पनि खुलेर आएका छैनन् भने देउवा समूहले पनि विश्वास गर्न छाडेको नेताहरू बताउँछन् ।
पूर्व महामन्त्रीसमेत रहेका सिटौलाको समूहबाट विश्वासपात्रको रुपमा चिनिएका नेता गगन थापा बाहिरिएसँगै प्रदीप पौडेलको प्रभाव सो समूहमा बढेको थियो । त्यो भन्दा अगाडि रामचन्द्र पौडेल समूहमा रहेका उनी गगन थापाको काखी च्यापेर रामचन्द्रको समूहबाट बाहिरिएर सिटौला समूहमा पुगेका थिए । त्यसपछि सिटौलाले आफ्ना तर्फबाट युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिएका थिए । सिटौलाले युवा नेता पौडेललाई आफ्नो विश्वासपात्रका रुपमा अघि बढाएकै कारण उनी आज यो स्थानमा आएको नेताहरूको भनाइ छ ।
महाधिवेशनमा पनि देउवा समूहमा मिसिएर सिटौलाले सभापतिमा प्रतिस्पर्धा गरेनन् । प्रदीप पौडेललाई महामन्त्री बनाउन प्रयास गरे तर, जिताउन सकेनन् । १ नम्बर प्रदेश सभापतिमा उद्धव थापालाई देउवा टिमकै सहयोगमा विजयी गराउन सफल भए । कुन्दराज काफ्ले, शेखर टिम छोडेका भीम पराजुलीलगायत नेतालाई केन्द्रीय सदस्य जिताए । आफू मनोनीत केन्द्रीय सदस्य बने । १४ औँ महाधिवेशन पश्चात् स्थानीय तह निर्वाचनमा पार्टी होमियो । स्थानीय तहमा कांग्रेस गठबन्धनकै बलमा चुनावमा होमिएको थियो ।
सिटौला स्वयं गठबन्धनले गठन गरेको सिट बाँडफाँट समितिको संयोजक बने र उनकै प्रतिवेदनका आधारमा गठबन्धनभित्र रहेका दलहरूले सिट पाएका थिए । झापा ३ बाट दोस्रो पटक हार व्यहोरेपछि उनी अहिले कांग्रेस राजनीतिमा मौन देखिएका छन् । तर, उनले संरक्षण गर्दै आएका प्रदीप पौडेलको मन्त्री बन्ने चाहनामा साथ दिएका छैनन् । उनले साथ नदिएपछि दलको चुनावबाट रुष्ट बनेका सभापति देउवाले पनि उनीमाथि विश्वास गरेका छैनन् । पौडेल आफैले पनि आगामी दिनमा कुन पक्षमा रहने भन्ने खुलाएका छैनन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार