जनजाति महासंघ स्याङ्जामा नेमबहादुर राना मनोनयन
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १७:१२:५७
२७ चैत, स्याङ्जा । नेपाली कांग्रेसको भातृ संगठन ‘नेपाल लोकतान्त्रवादी आदीवासी जनजाति महासंघ’ स्याङ्जाको अध्यक्षमा नेमबहादुर राना मनोनयन भएका छन् । महासंघको केन्द्रिय समितिले रानालाई अध्यक्षमा मनोनयन गरेको हो ।
अध्यक्षमा मनोनित भएसँगै रानाले महासंघ जिल्ला समितिमा पदाधिकारी र सदस्य मनोनित गरेका छन् । जिल्लाका ११ पालिकाबाट प्रतिनिधित्व हुने गरी अध्यक्ष रानाले समितिमा पदाधिकारी र सदस्य मनोनित गरेका हुन् ।
महासंघको उपाध्यक्षमा अर्जुनचौपारीबाट भद्रबहादुर गुरुङ् ‘दिपक’, चापाकोटबाट अम्बिका कुमाल मनोनित भएका छन् । सचिवमा बिरुवाका धनबहादुर थापा र पुतलीबजारबाट सुस्मा श्रेष्ठ मनोनित हुँदा सह–सचिवमा वालिङका याम माया गाहा मगर तथा चापाकोटका पुष्पमान श्रेष्ठ ‘सन्तोष’ र कोषाध्यक्षमा आँधीखोलाकी सपना गुरुङ् मनोनित भएका छन् ।
जनजाति महासंघ जिल्ला समिति स्याङ्जाको सदस्यमा गल्याङ्का घुनबहादुर थापा, वालिङका जितबहादुर थापा मगर, भीरकोटका राजेन्द्र प्रसाद श्रेष्ठ, कालीगण्डकीका चन्द्रसिंह राना, फेदीखोलाका भरतबहादुर गुरुङ् र पुतलीबजारका प्रमोद प्रधान तथा भोजबहादुर कुमाल मनोनित भएका छन् ।
हाल मनोनयनबाट बनेको जिल्ला समितिको आगामी बैठकबाट समितिलाई थप सदस्य थपेर विस्तार गरिने अध्यक्ष रानाले जानकारी दिए । संगठन विस्तारमा थप साथीहरुलाई समाबेश हुने गरी समिति विस्तारको तयारी समेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार