नेपालमा संक्रमितको संख्या दिनप्रति दिन बढ्दै, एकैदिन १२४ जनामा कोरोना पुष्टि
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १८:४:२७
२७ चैत, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । सोमबार मात्र कोरोना भाइरस संक्रमितको संख्या एकैदिन सय नाघेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।
पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ ।
मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ ।
मन्त्रालयका अनुसार आजै मात्रै २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
बैशाख २१, २०८१ शुक्रबार
ढकमक्क फुलेको ज्याकाराण्डा फूल
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजीअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
प्रसिद्ध धार्मिकस्थल मल्लिकार्जुन राष्ट्रिय धाम
बैशाख २१, २०८१ शुक्रबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
घोडाको सहयोगमा बारी जोत्दै
बैशाख २१, २०८१ शुक्रबार