ढाकाकुमार जोडिएको अर्को नयाँ अडियो सार्वजनिक
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार ८:१५:५४
२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ जोडिएको अर्को अडियो सार्वजनिक भएको छ । सोमबार राति सार्वजनिक भएको अडियोमा सांसद श्रेष्ठ आफैँ र उनका भाइ जोडिएका छन् । आइतबार मात्र सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजिनक भएको थियो । जसमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टी सभापतिको टिमलाई दिन दुई करोड आवश्यक पर्ने दावीसहित व्यवसायी प्रसाईंसँग पैसाको मोलमोलाइ गरिरहेको सुनिएको थियो ।
दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् । आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले प्रसाईंलाई फोनमा भन्छन्, ‘पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । ‘.दाइलाई फसाए । हजुरले यसो बुझ्दिनु पर्याे यो कुरालाई ।’
सोमबार राति कपुरबोट मिडिया नामक फेसबुक पेजबाट सन्तोष देउजाले नयाँ अडियो सार्वजनिक गरेका हुन् । देउजा आफैँले पनि सोमबार (आज) आफूलाई सांसद ढाका कुमार श्रेष्ठको पीए (स्वकीय सचिव) बताउने व्यक्तिबाट मेसेज आएको दाबी गर्छन् । उसो त उनले मेसेज भिडियोमै देखाउँछन् पनि । मेसेजमा भनिएको छ, “सन्तोषजी, म ढाका कुमारको पीए (स्वकीय सचिव) हो । कृपया मेरो फोन उठाउनुहोला ।“
देउजाको भनाइअनुसार त्यही नम्बरबाट आजै दिउँसो व्यवसायी दुर्गा प्रसाईंलाई फोन गरिएको छ । उनले फोन संवादको अडियो पनि राखेका छन् । प्रसाईंसँगको कुराकानीमा फोन गर्ने व्यक्तिले आफू सांसद ढाकाकुमारको भाइ भएको दाबी गरेका छन् । त्यसपछि प्रसाईंले यसमा ढाका कुमारको नभइ रवि लामिछानेको दोष रहेको भन्दै ढाका कुमारलाई सहयोग गर्न तयार भएको बताउँछन् ।
त्यसपछि ढाका कुमारको भाइ बताउने व्यक्तिले भन्छन्, ‘एकचोटि दाइले भेट्न खोज्नुभाथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?’ प्रसाईंले भनेका छन,‘म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।’ आफूलाई ढाका कुमारको भाइ भनेर चिनाएका ती व्यक्तिले ‘दाइले एकचोटि कुरा गर् न त’ भनेर भनेकाले आफूले फोन गरेको प्रसाईंलाई बताउँछन् ।
कपुरबोट डटकमको युट्युब च्यानलबाट सार्वजनिक भएको यो सम्वादमा आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई गरेको फोनको नम्बर नै देखाइएको छ । साथै अर्को एक क्लिपमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँगको फोन सम्वाद पनि छ । गौतमलाई फोन गर्ने व्यक्तिले दुर्गा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । त्यसका लागि यदु गौतमबाट मध्यस्थताको अपेक्षा पनि गरेका छन् । मध्यस्थताको अपेक्षा गर्दै गौतमलाई फोन गर्ने व्यक्ति ढाका कुमार श्रेष्ठ भएको दाबी कपुरबोटले गरेको छ ।
यसअघिको अडियोमा ढाका कुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईंसँग रकम मागेको कुराकानी छ । उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।
अडियोमा यदु गौतमसंग कुरकानी भएको छ, यो कुरा फेरि यदुजीलाई भन्नुभएको छ भनेर भनेर पनि नभन्नुहोला के यार । किनभने तपाईं माननीय हो नि त यार । मैलै सम्मान गर्नुपर्याे नि । रविजीलाई मैले चितवनमा भेट्न खोजेको थिएँ । दुर्गा दाइ र रवीजी मिलेपछि यो देश आफ्नो बनाउन सकिन्छ भनेर भनेको थिएँ । तर, उहाँले खासै चासो लिनुभएन ।
सार्वजनिक भिडियोमा यदु गौतम भनिएका व्यक्तिले लाउड स्पिकर अफ गरेर कुराकानी गरिरहेको देखिन्छ । उताबाट ढाकाराम श्रेष्ठ भनिएका व्यक्ति बोल्न थालेपछि भिडियो कैद गरिरहेका व्यक्तिले मोबाइलको लाउड स्पिकर अन गर्छन् । त्यसपछि फोनमा सांसद ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले भन्छन् ः ...दुर्गा प्रसाईंजीले त्यो अडियोको बारेमा केही बोलिदिनुभयो भने केही पोजिटिभ मेसेज जान्थ्यो अनि सजिलो हुन्थ्यो भन्ने कुरा मेरो हो । तपाईंले केही प्रयास गर्नुहुन्थ्यो भन्ने के सर । यो कुरा बढाएर...के फाइदा उहाँलाई । यदु गौतम ः अब फाइदा, घाटा भन्दा पनि अब । त्यो विषयमा भरे सल्लाह गरौँला सर । अहिले फोन राखेँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सादा पोसाकका प्रहरी हो भन्दै लुटपाट गर्ने व्यक्ति पक्राउ
जेठ १७, २०८१ बिहिबार
चितवन र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
फेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
जेठ १८, २०८१ शुक्रबार
म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई
जेठ १८, २०८१ शुक्रबार
ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि
जेठ १८, २०८१ शुक्रबार
नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्द, अब नेपालले सिधै विश्वकप खेल्ने
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार