भट्टराईले गरे विप्लवकाे तरकारी खेती अवलाेकन
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १२:२५:५७
२८ चैत, कपिलवस्तु । नेकपाको मुख्यालयमा पार्टीका महासचिव र नेपाल समाजादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
साेमबार भएको भेटमा दुई नेताबीच समसायिमक राजनीतिक विषय र आर्थिक संकटलाई निकास दिनेबारे छलफल भएका विप्लवका सचिवालये जनाएको छ ।
भेटवार्ता नेकपाको मुख्यालय कपिलवस्तुको शिवराजगढीमा भएको हो । भेटपछि भएको छलफलमा राजनैतिक र आर्थिक सकंटको निकासबारे पहल लिने र वर्तमान अवस्थाबारे जनस्तरसम्म पुगेर सुसूचित गराउनेबारे एकमत भएको बताइएको छ ।
मुलुकमा बाह्य हस्तक्षेप बढ्दै गएको र त्यसमा घरेलु प्रतिक्रियाले मलजल पुर्याइरहेको निष्कर्ष निकालिएको छ । परिवर्तन र लोकतान्त्रिक पक्षहरुबीच छिट्टै एकता वा कार्यगत एकता गर्नेबारे गहन छलफल प्रारम्भ गरिने भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई न्यायोचित र वैज्ञानिक तवरले समाधान गर्नुपर्नेमा एकमत बनेको बताइएको छ ।
छलफलपछि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मुख्यालयमा रहेको पुस्तकालयको अवलोकन गरेका थिए । साथै नेकपाको उत्पादन नीतिअनुरुप लगाइएको माछा पालन तथा तरकारी खेती तथा पार्टीकै इञ्जिनियिरहरुको डिजाइनमा निर्माणधीन भौतिक संरचनाको अवलोकन गरेका थिए ।
शिवराजगढी विप्लवको गृह नगर हो । उनले पार्टीको मुख्यालय पनि यही बनाएका छन् । नेकपाले उत्पादन नीतिलाइ जाेडसाथ अगाडि बढाइरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार