निजामती कर्मचारी ऐन मस्यौदामा अर्थको राय लिने क्रम चलिरहेको छ : मन्त्री मोदी
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १४:५०:२३
२९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा तयार भएर रायका लागि अर्थ र कानून मन्त्रालयमा पठाएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा सांसदहरुले संघीय निजामती सेवासम्बन्धी ऐन मस्यौदा कहिले आउँछ भन्नेबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीले मोदीले जानकारी दिँदै सो कुरा बताएका हुन् ।
उनले सांसद सोबिता गौतमले उठाएका प्रश्नको जवाफ दिँदै काठमाडौं तिनकुनेस्थित जग्गाको मुअब्जा दिनेबारे छिट्टै नै सीडीओ अध्यक्षतामा बैठक बस्ने र सो बैठकले जग्गाको पुनर्मूल्यांकन गर्ने कि नगर्ने भन्नेबारे निष्कर्ष निकालिने बताए । उनले कर्मचारी सरुवा गरेको क्षेत्रमा जान नमान्ने र नेताले पनि कर्मचारी छानेर माग्ने गरिएको गुनासो गरे ।
उनले ऐनको मस्यौदा बनाउने काम पूरा भएकोले अर्थ मन्त्रालयको राय पाएपछि ऐन संसदमा ल्याउने बताए । उनले बाग्मती प्रदेशले निजामती कर्मचारी सेवा ऐनमा कर्मचारीको उमेर हद ६० राखेको, त्यो किताबखानाले नमान्ने भएकाले समस्या थपिएको बताए । यसमा संसदबाटै टुंग्याउनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार