मन्त्रीको घरमा भएको आक्रमणको एमालेद्वारा विरोध
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १७:४२:३१
२९ चैत, काठमाडौं । प्रदेश १ को नाम ‘कोशी’राखिएको विरोधमा उत्रिएका पहिचानवादी आन्दोलनकारीहरुले एमालेका कोही प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा भएको आक्रमण घटनाको एमालेले विरोध गरेको छ ।
पहिचानवादीहरुले सोलुखुम्बाट निर्वाचित एमालेका प्रदेश सांसद एवं मन्त्री बुद्धिकुमार राजभण्डारीको पेप्सीकोलास्थित घरमा आज बिहान आक्रमण क्षति पुर्याएको भन्दै घटनाको निन्दा गर्दै एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार वास्तोलाले आजै एक विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा उनले आक्रमण घटनालाई अपराधको संज्ञा दिँदै घटना नरोकिए मुठभेडको अवस्था आउन सक्ने चेतावनी दिएका छन् । आक्रमणकारीहरुले घरपरिवारलाई समेत धम्की दिएको र समाजमा आतंक फैलाएको जनाएका छन् ।
आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न समेत उनले सरकारसँग माग गरेका छन् । नामाकरण विषय राजनीतिक भएको र यसलाई अपराधिक क्रियाकलापबाट नभई राजनैतिक रुपमै समाधान गरिनुपर्ने बताएका छन् ।
प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने भन्दै कोशी प्रदेशका विभिन्न समूदायले आन्दोलन गर्दै आइरहेका छन् । आन्दोलनका क्रममा यसअघि पदमबहादुर लिम्बूको निधन भएको थियो । उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ । नाम पहिचानको आधारमा कायम नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकारीहरुले बताएका छन् ।
पछिल्लाे समयमा उनीहरुले कोशी प्रदेशका सांसद, मन्त्री, मुख्यमन्त्रीलाई निशाना बनाउने क्रमलाई बढाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार