कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड, २२ जनाको आवेदन रद्द
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १८:११:३१
२९ चैत, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको इकाई बुधबार बाँडफाँड गरिएको छ ।
योजनाले प्रति इकाई १० रुपैयाँको दरले दश करोड इकाईको १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई सुरक्षित राखी सार्वजनिक निष्काशन मार्फत ३५ करोड रकम बराबरको ३ करोड पचास लाख इकाइ चैत ९ देखि चैत २३ गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा १५ प्रतिशत विजपूँजी वापतको १,५०,००,००० इकाई कोष प्रवद्र्धक कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरेको जनाएको छ ।
बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गर्न आजै कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाडाैंमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने ३७,४३४ जना मध्ये रितपुर्वक आवेदन दिने ३७,४१२ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको क्यापिटलले विज्ञप्ति मार्फत जनाएको छ । योसँगै आज बिहान बसेको बैठकले दोहोरो आवेदन दिने २२ जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत क्यापिटलले जनाएको छ ।
क्यापिटलले यो निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पुर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, बैंक तथा वित्तिय संस्थाहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद ज्ञापन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार