बीमक संघ फुट्यो, अध्यक्षमा पाण्डे निर्विरोध चुनिए
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार २३:४०:२९
काठमाडौं । दुई दशकदेखि बीमा क्षेत्रमा सक्रियरुपमा लागि रहेका दीपप्रकाश पाण्डे नेपाल बीमक संघको अध्यक्षमा चुनिएका छन् । पाण्डे शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । बीमक संघको विशेष साधारणसभाले पाण्डेको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति बनाएको छ ।
कार्यसमितिमा लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ नुरप्रताप प्रधान उपाध्यक्ष चयन भएका छन् । त्यस्तै महासचिवमा सगरमाथा इन्स्योरेन्स सीईओ चंकी क्षेत्री चुनिएका छन् ।
त्यस्तै कोषध्यक्ष तर्फ़ आइएमई जनरल इन्स्योरेन्सका सीईओ योगेश भक्त बादे श्रेष्ठ चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लव पन्त, प्रभु इन्स्योरेन्सका सीईओ सन्चित बर्जाचार्य, अजोड़ इन्स्योरेन्सका सीईओ कुमार बहादुर खत्री, एभरेष्ट इन्स्योरेन्सका सीईओ कमल गौतम, सानिमा जेनेरल इन्स्योरेन्सका डिजिएम सुवोध लाल श्रेष्ठ चयन भएका छन् ।
संघको बिहिबार सम्पन्न विशेष साधारण सभाले पुनः दीपप्रकाश पाण्डेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । पाण्डेय अघिपनि संघको अध्यक्ष थिए । बिहीबार सम्पन्न संघको विशेष साधारणसभाले पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निर्जीवन बीमा कम्पनीका सीईओहरु मात्र चुनिएका छन् ।
यसैबीच, बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघ फुटेको छ । निर्जीवन बीमा कम्पनीहरु एकातिर संगठित भएका छन् भने जीवन बीमा कम्पनीहरु अर्कोतिर संगठित हुन छलफलमा व्यस्त छन् ।
नेपालमा २० वटा जीवन बीमा कम्पनी, १९ वटा निर्जीवन बीमा कम्पनी र १ वटा पुर्नबीमा कम्पनी संचालनमा रहेको छ । निर्जीवन बीमा कम्पनीको सीईओहरुले एकातिर संगठित भएपछि जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरु पनि नयाँ संगठन गर्ने तयारीमा रहेका छन् ।
एक समय बीमक संघमा निर्जीवन बीमा कम्पनीहरुको बोलवाला रहेको थियो । निर्जीवन बीमा कम्पनीहरुले जीवन बीमा कम्पनीहरुलाई स्थान नदिएको आरोप पहिलेदेखि नै थियो । पहिला १७ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनी हुँदा जहिले पनि जीवन बीमा कम्पनीको प्रतिनिधिले निर्वाचन हार्दै आएका थिए । पछिल्लो समय भने जीवन बीमा कम्पनीको संख्या बढेर १९ वटा भएको छ ।
बीमक संघलाई नेपाल बैंकर्स संघ जस्तै प्रभावकारी संस्था बनाउनु पर्ने माग बीमा क्षेत्रमा भए पनि बीमकहरू आपसमा फुट्नुलाई राम्रो मान्न नसकिने विज्ञाहरुको मत छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा, सुनुवाइ जारी
जेठ १, २०८१ मंगलबार
विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार