नयाँ वर्षको ‘सेलिब्रेटी हब’ बन्दै बज्र फिटनेश, अवसरमा पचास प्रतिशतसम्म छुट
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १९:३:४५
२९ चैत, काठमाडौं । अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले एक समय आफूलाई फिट राख्न के मात्र गरिनन् रु यो कुरा रेखालाई सोधिरहनै पदैन किनकि उनले आफूलाई फिट राख्न पर्सनल ट्रेनरसमेत राखिन् ।
कोरोना महामारीपछि जिम सेन्टर धाउनेहरु ह्वात्तै बढे । त्यतिखेरै अभिनेत्री रेखाले पर्सनल फिटनेस ट्रेनर बिजु पार्कीलाई बनाएकी थिइन् । जो रेखा बस्दै आएको मित्रपार्कस्थित अपार्टमेन्टमा रहेको जिमहलका फिटनेश ट्रेनर हुन् । त्यतिखेर रेखाले भनेकी थिइन्, ‘हिजोआज दैनिक डेढ, दुई घण्टा जिम गर्छु ।’ उनै अभिनेत्री अर्थात राप्रपा नेतृ रेखा थापा हिजोआज बज्र फिटनेशमा भेटिन्छिन् । रेखामात्र होइन, नेपाली फिल्म क्षेत्रका अधिकांश सेलिब्रेटी उक्त फिटनेश सेन्टरमा भेटिन थालेका छन् ।
अभिनेत्री पुजा शर्मा, मोडल तथा अभिनेत्री सुस्मा अधिकारी, अभिनेता सविन श्रेष्ठलगायत दर्जनौँ कलाकार बज्र फिटनेश धाउँछन् । कारण, उनीहरु आफूलाई फिट राख्न चाहन्छन् । सेलिब्रेटीका लागि आफूलाई फिट राख्न सक्नु पनि एउटा सफलता हो । अबका दिनमा अभिनेत्री तथा मोडल पल शाहलाई पनि बज्रमै भेटिनेछन् किनकि पलले बज्र फिटनेशमा आउने निधो गरिसकेका छन् ।
नेतादेखि अभिनेतासम्मका लागि मात्र नभएर आफूलाई स्वस्थ र फिट राख्न चाहनेका लागि बज्र फिटनेश सेन्टर लोकप्रिय बन्दै गएको छ । लोकप्रिय र सबैको रोजाई बन्न सफल हुनुका कारण थुपै छन् । पहिलो कारण बज्र फिटनेश सेन्टर काठमाडौंको मुटु मानिने कलमपोखरीस्थित सिटी सेन्टरको पाँचौं तलामा छ । त्यसैले यो सबैको सेन्टरमा पर्छ । अर्को कारण, पार्किङ पनि हो । सिटी सेन्टरमा पार्किङको अभाव छैन ।
बज्र फिटेनेशलाई ‘सेलिब्रेटी हब’समेत भन्न थालिएको छ । उक्त फिटनेश सेन्टरका सञ्चालक हुन्, रोजल शाही । उनी आफैंपनि चर्चित मोडल हुन् । रोजलले फिटनेश सञ्चालनमा ल्याउन मोडलिङ पनि कनेक्शन छ । रोजल भन्छन्, ‘मोडलिङ र फिटनेश एकअर्कामा सम्बन्धीत भएरै बज्र फिटनेश सञ्चालनमा ल्याएको हुँ किनकि म आफैं पनि जिम गर्छु ।’ स्वस्थ्य फिट हुुनुका लागि फिटनेश गर्नु जरुरी रहेको उनको भनाइ छ ।
‘यदि ज्यानलाई स्वस्थ राख्न चाहने हो भने फिटनेश गर्नैपर्छ’ रोजल भन्छन्, ‘त्यसका लागि सेलिब्रेटी हुनैपर्दैन । सबै फिट र स्वस्थ हुनुपर्छ ।’ त्यस्तै, यो फिटनेश पाँचतारे होटलको लक्जरी बुटिक फिटनेशभन्दा कम छैन । खुला स्थान र फिटनेशका लागि आवश्यक पर्ने सबै सामग्री बज्र फिटनेशमा उपलब्ध छ । बज्र फिटनेश ५ हजार स्क्वेर फिटमा सञ्चालन गरिएको हो । रोजल भन्छन्, ‘हाम्रो ट्रेनर राम्रा छन् । म आफैं पनि ट्रेनिङ दिन्छु ।’ राम्रो ट्रेनर भएमा फिटनेश गर्नेहरुलाई सहज हुने उनको भनाइ छ ।
नयाँ वर्ष अफर
बज्र फिटनेशले नेपाली नयाँ वर्ष २०८० को अवसरमा सदस्य बन्न चाहनेहरुका लागि अफर ल्याएको छ । सञ्चालक रोजलका अनुसार बज्र फिटनेशले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा सदस्य बनाउँदै आएको छ । यसैअनुरुप नयाँ वर्षको अवसरमा ५० प्रतिशतसम्म छुट दिने रोजलले बताए । उनले भने, ‘अफर बैशाख महिनाभरीका लागि हो । उक्त अवधिमा सदस्यता लिने जोकोहीलाई ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छौँ ।’ बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने बज्र फिटनेशमा हाल दुई सयभन्दा बढी नियमित सदस्य रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार