सर्वोच्चदेखि उच्च अदालसम्म कामु न्यायाधीशकै भरः सरकार मुकदर्शक मात्र
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १९:५४:१०
२९ चैत, काठमाडौं । सर्वोच्च अदालत करिब एक वर्षदेखि कायममुकायम (कामु) को भरमा चलेको छ । सर्वोच्च अदालत मात्र होइन, देशभरका सबैजसो उच्च अदालत करिब एक वर्षदेखि कामुका भरमा चलेपछि न्यायसम्पादनका कार्यमा अवरोध सिर्जना भएका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र १५ वटा उच्च अदालतमा मुख्य न्यायाधीश नतोकिँदा ती न्यायालय कामुकै भरमा चल्दै आएका हुन । प्रधानन्यायाधीश र मुख्य न्यायाधीश पद खाली रहेकाले अस्थायी प्रावधानका लागि कामु राखिएको तर त्यही कामुको भरमा न्यायलय चलाउन खोजिएको छ ।
न्याय परिषद्को तथ्यांकअनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश, देशभरका १८ उच्च अदालतमा मुख्य न्यायाधीशसहित ३९ न्यायाधीशको पद खाली भएपनि सरकारको ध्यान न्यायधीश नियुक्ति गर्ने भन्दा पनि आफ्नो सत्ता कसरी टिकाउने भन्नेमा केन्द्रीत रहेको छ । देशभरका जिल्ला अदालतमा ३२ न्यायाधीशको पद खाली छ ।
गत भदौमा संक्षिप्त छनोट गरिएका न्यायाधीशहरूलाई अहिलेसम्म न्याय परिषद्ले मुख्य न्यायाधीशमा नियुक्ति सिफारिस गर्न सकेको छैन । कामु भए पनि जिम्मेवारीमा खासै फरक नपर्ने तर कुनै चुनौतीपूर्ण निर्णय लिनुपर्दा भने अप्ठेरो हुने विज्ञहरू बताउँछन । कामुकै कारण प्रशासनिक काममा पनि असर पर्ने मात्र होइन, न्यायसम्पादनमा असर परिरहँदा पनि सरकार मुकदर्शक भएर बसेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा संसदमा महाभियोग प्रस्ताव दर्ता भएयता कामुको नेतृत्वमा सर्वोच्च अदालत सञ्चालन हुँदै आएको छ । महाभियोग टुंगो नलागी जबरा उमेर हदका कारण सेवानिवृत्त भइसकेका छन् । सर्वोच्चमा वरिष्ठताका आधारमा प्रधानन्यायाधीश रोलक्रमका हरिकृष्ण कार्की कामुको जिम्मेवारीमा छन् ।
उनी आउनुअघि दीपककुमार कार्की पनि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकै बेला सेवानिवृत्त भएका हुन् । हरिकृष्ण जिम्मेवारीमा आएपछि न्याय परिषद्को बैठक एकपटक मात्र बसेको छ । प्रधानन्यायाधीशको सिफारिस गर्न संवैधानिक परिषद् पनि अपुरो छ। प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बने पनि संवैधानिक परिषद्का सदस्यहरू भने छैनन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, उपसभामुख सदस्य हुन्छन अहिले ती पद पूर्ण भैसकेका छन् ।
यसअघिका कामु प्रधानन्यायाधीश दीपककुमारको अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस गर्नुका साथै उच्च अदालतमा १५ मुख्य न्यायाधीश र जिल्ला अदालतका लागि ८१ न्यायाधीशको संक्षिप्त छनोट गरेको थियो । दीपककुमारको कार्यकाल सकिएको तीन महिना बितिसक्दा पनि नियुक्ति सिफारिस हुन सकेको छैन । न्याय परिषद्ले गत भदौ २२ मा संक्षिप्त छनोटमा परेका न्यायाधीशहरूको नाम सार्वजनिक गर्दै उजुरी आह्वान गरेको थियो ।
उच्च अदालत विराटनगरको इलाम इजलास, धनकुटा इजलास, अस्थायी इजलास ओखलढुंगा, उच्च अदालत जनकपुर र जनकपुरको राजविराज इजलास, उच्च अदालत पाटन, उच्च अदालत पोखरा र बागलुङ इजलासमा मुख्य न्यायाधीश छैनन् । त्यसैगरी उच्च अदालत तुलसीपुरको बुटवल इजलास र नेपालगन्ज इजलास, उच्च अदालत सुर्खेत र जुम्ला इजलास पनि कामु मुख्य न्यायाधीश छन् । त्यसैगरी उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासमा मुख्य न्यायाधीशको पद रिक्त हुँदा कामुको भरमा चलिरहेको छ ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश–सहित २१ न्यायाधीशको दरबन्दी छ । त्यसमध्ये पाँच न्यायाधीशको पद रिक्त छ । मुद्दाको चाङ लाग्ने सर्वोच्चमा हाल १६ न्यायाधीशले मात्रै मुद्दा छिनेका छन् । न्याय परिषद्ले तोकेका तीन न्यायाधीशको संसदीय सुनुवाइ हुन सकेको छैन। संसद्को कार्यकाल सकिएपछि संसदीय सुनुवाइ हुन नसक्दा सिफारिस भएका न्यायाधीशहरू सर्वोच्च अदालत आउन पाएका छैनन् ।
न्याय परिषद् सदस्य रहने कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको पद खाली छ । हाल उक्त मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मेवारीमा छ । न्यायाधीश नियुक्तिमा भएको ढिलाइले चलखेल बढेको भन्दै समयमै नियुक्तिका लागि कार्यविधिसमेत बनाइएको छ। कार्यविधिअनुसार छनोट गरी नाम सार्वजनिक गरे पनि नियुक्तिमा ढिलाइ गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार