वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगर उपाध्यक्षमा वैद्य विजयी
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार ८:३०:४०
३० चैत,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष पदमा हेमराज ढकाल विजयी भएका छन् । उनी उमेशलाल समूहबाट उमेदवार बनेका थिए । उनले ६१ मत ल्याएर वियजी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याए । तेस्रो सुकुन्तलाल हिराचनले सात मत ल्याए । प्रधान अञ्जन श्रेष्ठको प्यानलबाट र हिराचन रामचन्द्र संघाईको प्यानलबाट प्रत्यासी थिए ।
यस्तै जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर विजयी भएका हुन् । जिल्लाबाट निर्वाचन लड्न सदस्यको प्यानल बनाउन नसकेपनि उपाध्यक्ष पदमा वैद्य विजयी भएका हुन् ।
यसैगरी अरुणराज सुमार्गीले ३७ तथा दिनेश श्रेष्ठले ३४ मत ल्याए । दिनेश श्रेष्ठ अहिलेको जिल्ला नगर उपाध्यक्ष हुन् । उनी लगातार तीन कार्यकालसम्म जिल्ला नगर उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको लागि त्रिपक्षीय प्रतिस्पर्धा छ । वस्तुगतमा उमेश प्यानलका हेमराज ढकाल विजयी भएका छन् । एशोसियट उपाध्यक्षमा भने उमेश र अञ्जन श्रेष्ठबाट भरत आचार्य र संघई प्यानलबाट ज्योत्स्ना श्रेष्ठ प्रत्यासी छन् । कार्यसमिति सदस्यमा भने उमेश श्रेष्ठ प्यानलका अहिलेसम्म बढी विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार