मकवानपुरका सचिवले पनि छाडे अध्यक्ष लिङदेनलाई
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १३:१९:५६
३० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका जिल्ला सचिव विजयसिंह ठकुरीले पार्टी परित्याग गरेका छन् ।
सामजिक सञ्जाल फेसबुकमार्फत बिहीबार स्टाटस सार्वजनिक गर्दै ठकुरीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् ।
उनले पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन मकवानपुरका पूर्वअध्यक्ष, युवक संगठनको जिल्ला सचिव तथा पार्टीको जिल्ला कार्यसमितिको विभिन्न विभागमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
‘राप्रपा युवक संगठन जिल्ला सचिव, विद्यार्थी संगठन जिल्ला अध्यक्ष हुँदै पार्टी प्रशिक्षण विभाग प्रमुख, रेडक्रस तथा स्वास्थ विभाग प्रमुख र जिल्ला सचिव हुँदै गर्दा साथ र सहयोग गर्ने र नगर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै, आजबाट एक स्वतन्त्र देशभक्त नागरिक भयर बस्ने निर्णय गरेको छु’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले आफू आजबाट पार्टीको कुनैपनि पदमा नरहेको र साधारण सदस्यबाट समेत हटेको जनाएका छन्र । तर चुनावको बेला गरेको वाचाहरुप्रति सधैँ बफादार रहने कुरा शुभचिन्तकहरु समक्ष राखेका छन् ।
उनले पार्टी नेतृत्वसँग जिल्ला पार्टीको अवस्थाबारे निरन्तर संवाद गरेको र नेतृत्व जनताबाट टाढा हुँदै गएपछि पटकपटक असन्तुष्ट राख्दै आएका थिए ।राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन हुन् ।
यसअघि राप्रपा मकवानपुरका जिल्ला उपाध्यक्ष शंकरसिंह ठकुरीले हिजो मात्रै पार्टी छाडेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार
नारायणकाजीको सम्पत्ति एक लाख २२ हजार बैंकमा, गाडी प्रचण्डले दिएको
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ?
जेठ ८, २०८१ मंगलबार
श्रीलङ्कामा प्रतिकूल मौसमी प्रभाव बढ्दो, ३३ हजारभन्दा बढी मानिस प्रभावित
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति कति छ ?
जेठ ८, २०८१ मंगलबार
रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार