युवा संघको अध्यक्षमा थेबे र महासचिवमा पुरी चयन
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १४:१७:४२
३० चैत, काठमाडौं । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वमा घोषणा भएको छ । अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी चयन भएका छन् ।
नेपालगन्जमा सोमबार सुरु भएको नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि थेवे र सन्तोष रावलले उम्मेदवारी दिएका थिए । तर पार्टीका नेताहरुको हस्तक्षेपबाट निर्वाचनबिनौ अध्यक्ष चयन गरिएको हो ।
यस्तै, सहमतिका लागि विधान संशोधन गरिएको छ । ३ बाट बढाएर उपध्यक्ष संख्या ७ पुर्याइएको छ । सचिवको संख्या भने घटाइएको छ ।
उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् । उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापा, सचिवमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् ।
कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी, सचिवमा प्रवीन चयन भएका निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिए ।
अनुशासन आयोग प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली, निर्वाचन आयोगमा बलराम बेलबासे प्रमुख, बाबु छतकुली उपप्रमुख र गोकर्ण नेपाली सचिव चयन भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी
जेठ ९, २०८१ बुधबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार