कोशी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १४:४२:२८
३० चैत, काठमाडौं । कोशी अस्पताल विराटनगरमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । प्रत्यारोपण र डाइलाइसिससम्बन्धी सेवा सुरू गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पतालबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट मेसु डा। रविराज सिंहले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रत्यारोपण सुरु गर्दा चाहिने जनशक्ति र उनीहरूलाई तालिम, अध्यायनका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले व्यवस्थापन गर्नेछ ।
हाल ८ शैय्या रहेको कोशी स्पतालमा दैनिक १५ देखि १७ जनासम्मको नियमित डायलसिस हुँदै आएको छ । सरकारले सातै प्रदेशमा प्रत्यारोपण सेवा पुर्याउने नीतिअनुरुप कोशीमा चाँडै सेवा सुरु गर्ने भएको हो
यसअघि धरानस्थित बीपी अस्पतालले नर्सिङ कलेजका लागि स्वास्थ्य मन्त्रालयको अुनमतिमा कोशी अस्पतालमा मेडिकल कलेज संचालन गर्ने सम्झौता गरेको थियो ।
यता, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएका मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकार २० लाख रूपैयाँ रकम माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार