उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १७:२६:५९
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको पहिलो चरणको निर्वाचनमा श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईमध्ये कसैले ५० प्रतिशत मत नकटाएपछि भएको दोस्रो चरणको निर्वाचनमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।
पहिलो चरणबाट संघाई बाहिरिएपछि दोस्रो चरणमा अञ्जन र उमेशलालबीच प्रतिस्पर्धा हुने क्रममा उमेलालले अञ्जनलाई समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भए । आफूलाई समर्थन गरे अञ्जनले उमेलाललाई टिका लगाइदिएर धन्यवाद दिएका थिए ।
दोस्रो चरणको मतदान प्रक्रिया आज दिउँसो २ बजेबाट सुरु हुने निर्वाचन तालिका थियो । सहमतिबाटै वरिष्ठ उपाध्यक्ष पद टुंगो लागेसँगै उद्योग वाणिज्य महासंघको यसपटकको निर्वाचन सम्पन्न भएको छ ।
पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत, निकटतम प्रतिस्पर्धी उमेशले ३१.७१ प्रतिशत र संघाइले ३०.४६ प्रतिशत मत ल्याएका थिए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै ३ वर्षपछि स्वतः अध्यक्ष हुनेछ । सोही व्यवस्था अनुसार ३ वर्षअगाडि वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आजैबाट महासंघको अध्यक्ष बनेका छन् ।
यसपटक एसोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाइ पक्षकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार