त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाइनिज भाषामा सूचना बोर्ड राखिँदै
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार ११:४०:५१
१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाइनिज भाषामा सूचना बोर्ड राखिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विमानस्थलभित्र चाइनिज भाषामा विभिन्न सूचना बोर्ड राखिने बताएका छन् ।
संचारकर्मीहरुसँगको कुराकानीमा मन्त्री किरातीले नेपालमा आउने चाइनिज पर्यटकका लागि भाषिक सुविधालाई ध्यानमा दिएर विमानस्थलका विभिन्न कक्ष र आवतजावत क्षेत्रमा चाइनिज भाषामा सूचनाका बोर्डहरु राख्ने तयारी सुरु भइसकेको बताए ।
नेपाल आउने विदेशी पर्यटकहरुमा चाइनिजको संख्या बढी रहेको छ । कोरोना महामारीको प्रभाव कम हुँदै गएपछि केही महिनाअघि मात्र चीन सरकारले आफ्ना नागरिकले घुम्नुपर्ने देश (गन्तव्य)को ३२ मुलुकमा नेपाललाई राखेको छ ।
यस्तै मन्त्री किराँतीले अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सिफ्ट गरी २४ नै घण्टा सेवा सूचारु गरिएको जानकारी दिए । साथै १० जनासम्म चढ्न र ओर्लन मिल्ने गरी लिफ्ट बनाउने काम पनि भइरहेको बताए ।
पर्यटन र सँस्कृतिसँग सम्बन्धित विषयमा नागरिकले प्रत्यक्ष महसुस गर्न थालिएको उनको दाबी छ । उनले पर्यटनबाटै परिवर्तन र समृद्धि भन्ने आफ्नो मूल नीतिमा टेकेर अगाडि बढिरहेको बताए । उनले आइकाओ र युरोपियन युनियनले नेपाली आकाशलाई कालो सूचीमा राखेको विषय छिट्टै हट्ने विश्वास व्यक्त गरे ।
उनले नेपाल वायु सेवा निगम ‘कोमा’मा रहेको र यसलाई ‘राष्टिय« ध्वजा हाम्रो, चन्द्र सूर्य संसारभर’ नारालाई अगाडि सारेको बताए । निगमको सुधार वा पुनसंरचनाका लागि अध्इयन समिति गठन भइसकेको र केही सीप नलागे सरकारको ५१ प्रतिशत शेयर राखेर निजी कम्पनीलाई ल्याएर पनि विश्वमा उत्कृष्ट बनाइ छाड्ने बताए ।
आफ्नो कार्यकाल सुरु भएपछि एक महिनामा एक लाख विदेशी पर्यटक भित्रिन सुरु भएको उनले दाबी गरे । उड्डयन क्षेत्रमा सुरक्षाको खतरा शून्यमा पुर्याउने उद्देश्यसँग बढिरहेको बताउँदै नेपालको पर्यटन क्षत्रेलाई ‘रिब्राण्डिङ’ गर्न आवश्यक रहेको बताए ।
उनले आफूलाई काम गर्ने क्रममा परिणाम चाहिएको बताउँदै ‘मलाई परिणाम चाहिन्छ, पैसा चाहिँदैन’ उनले भने । भ्रष्टाचारीलाई रतिभर छुट नदिने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु
जेठ ८, २०८१ मंगलबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार