चापाकोटमा बाख्रालाई पीपीआर खोप अभियान
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार १६:०:१
१ वैशाख, स्याङ्जा । चापाकोट नगरपालिकाले किसानले पालेका भेडाबाख्रामा निशुल्क पिपिआर खोप लगाईदिएको छ । मान्छेमा जस्तै बाख्राहरुमा पनि ज्वरो आउने, नाकबाट सिंगान बग्ने र पखला लाग्ने रोगबाट बचाउन पीपीआर खोप दिइएको हो ।
नगरवासीले पालेका बाख्राहरुमा रोगबाट लड्ने क्षमता बढाउन टोल—टोलमा पुगेर शिविर मार्फत खोप दिने अभियान गरेको नगर प्रमुख देवबहादुर खाँण (इश्वर) ले जानकारी दिए । चापाकोट नगरपालिका भित्र रहेका सबै नागरिकको स्वास्थ्य शिविर मार्फत स्वास्थ्य परिक्षण पछि हामी पशुपंक्षीमा लागेका हौं उनले भने,‘अहिले बाख्रा र भेडालाई पिपिआर खोप दिएका छौं ।’ यसपछि कुखुरा, गाईभैसीमा पनि खोप दिने अभियान सन्चालन गर्दै छौं उनले भने ।
नगरपालिका भित्र रहेका ११ हजार ५ सय भेडाबाख्रामा पीपीआर खोप लगाइएको छ । चापाकोट नगर पशुशाखाका अनुसार ३६ भेडा र अरु सबै बाख्रामा यो खोप लगाइएको जनाएको छ । चापाकोट नगरपालिका र किसान प्राविधिक शिक्षालय चापाकोटको ३८ जना प्राविधिक टोलीले हरेक टोलमा पुगेर किसानका बाख्रामा खोप लगाइएको पशुशाखाका प्रमुख भुपराज भण्डारीले जानकारी दिए ।
असार साउनमा बाख्रलाई ज्वरो आउने, घासपात नखाने, झोक्राउने लगायतका रोग देखिन्छ उनले भने,‘यसको नियन्त्रणका लागि ५ महिना अगाडी लगाएको भ्याक्सिनले काम गर्छ ।’ सरुवा रोग भएकाले यसलाई नियन्त्रण गर्न यो खोपले मद्त पुग्ने उनले बताए । पशु ज्ञान केन्द्रले भ्याक्सिन र नगरपालिकाले प्राविधिक टोली खटाएर खोप लगाइएको भण्डारीले बताए ।
जिल्लाका केही पालिकामा अज्ञात रोगले बाख्राहरु मर्न थालेपछि चापाकोट नगरपालिकाले किसानले पालेका भेडाबाख्रा सुरक्षित गर्ने दायीत्व स्थानीय सरकारको रहेको भन्दै चापाकोट नगरपालिकाले खोप दिने व्यवस्था अगाडी सारेको हो । टोल टोलमै पुगेर वडा कार्यालयको समन्वयमा सेवा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताए ।
किसानले पालेका ११ हजार ४ सय ७४ बाख्रा र ३६ वटा भेडा गरी ११ हजार ५ सय भेडा बाख्रामा १७ गते देखि सुरु गरेर २८ गते सम्म १० वडाका सबै टोलमा पुगेर खोप लगाएको खनालले बताए । स्थानीय सरकार छ भन्ने महशुष नागरिकमा गराउन पनि यो अभियानले महत्वपुर्ण भुमिका खेल्ने खनालले दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार