भन्सार मुल्यांकनलाई लिएर सुकमेल आयातकर्ता व्यवसायी र भन्सारबीच दोहोरी: भन्सार आईसीपी मै थन्क्यो २० मेट्रिक टन सुकमेल
नेपालबहस संवाददाता
बैशाख २, २०८० शनिबार १७:३३:२०
२ वैशाख, विराटनगर । विराटनगरका ट्रेडिङ्ग कारोवारीले बीरगञ्जको सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले डाबर नेपालले आयात गरेको सुकुमेलमा प्रति किलो साढे ५ डलरको मूल्याङ्कनलाई मान्यता दिए पनि विराटनगर भन्सारले भने प्रति किलो साढे १२ डलर भन्सार लगाएपछि आपत्ति जनाएका छन् । विराटनगरका सुकमेल आयात कर्ताले आफूमाथि विराटनगर भन्सारले विभेद र पक्षपात गरेको आरोप लगाउँदै करिब २० मेट्रिक टन सुकमेल विराटनगर भन्सारको आईसीपी गोदाम मै थन्क्याएर राखेको बताएका छन ।
अन्य व्यवसायीलाई भने साढे १२ डलरको भन्सार मूल्यांकनमा गर्ने र डाबर नेपाललाई साढे ५ डलरको मूल्यांकन गरी सुकमेल छोडेपछि आयातकर्ताहरु आक्रोशित भएका हुन । वीरगञ्ज भन्सार कार्यालयले गत माघ १९ गते १० टन सुकुमेल प्रति किलो साढे ५ डलरमा आयात गरेको कागजात दर्ता गरेको र उक्त मूल्याङ्कनलाई मान्यता दिँदै कार्यालयले गत माघ २२ गते सुकुमेलको जाँच पास गरेको विराटनगरबाट सुकमेल आयात गर्दै आएका आयात कर्ता कारोवारीले बताएका छन । बीरगञ्ज भन्सार कार्यालयले डाबर नेपालले प्रति किलो साढे ५ डलरको मूल्यांकनमा १० टन सुकुमेल जाँचपास गरेको सुकमेल आयातकर्ता व्यवसायीले नेपालबहसलाई बताएका छन ।
उता बीरगञ्ज र विराटनगर भन्सारस्थित भन्सार कार्यालयले यसअघि ती नाकाबाट आयात गरिएको सुकुमेलमा आयातकर्ताले न्यून विजकीकरण गरेको ठहर्याउँदै प्रति किलो साढे १२ डलरको मूल्यांकन राखेर मात्र जाँच पास गर्ने गरेको जानकारी दिएको छ । ट्रेडिङ कारोवारी एक व्यवसायीले नेपालबहसलाई दिएको जानकारी अनुसार आफूहरुले सुकुमेल आयात गर्दा नै प्रति किलो साढे ५ देखि साढे ८ डलरको मूल्यमा आयात गरिरहेको बताएका थिए ।
ती सुकमेल आयातकर्ताले दिएको जानकारी अनुसार पहिले त कारोबार–मूल्यलाई नै भन्सार कार्यालयले मान्यता दिएको थियो । हामीले कारोबार–मूल्यमै राजश्व तिरेर माल छुटाएका थियौँ । तर पछि कार्यालयले हामीलाई विभागको निर्देशन भन्दै प्रति किलो साढे १२ डलरका दरले राजश्व र जरिवानासमेत तिर्न पत्र पठाएपछि तेस्रो मुलुकबाट आयात गरिएको सुकमेल अहिले भन्सार मै थन्किएको बताए । भन्सार विभागले तयार पारेको सन्दर्भ मूल्यसूची (डाटा बेस) मा सुकुमेलको मूल्याङ्कन प्रति किलो साढे १२ डलर तोकिएको छ । विभागले यसैलाई आधार बनाएर कारोबार मूल्यलाई मान्यता नदिई व्यवसायीलाई थप आर्थिक भारमा पारेपछि यो आर्थिक मन्दीका बेला आएको सुकमेल त्यसै डम्पिङ्ग भएर बसेको उनले बताए ।
विराटनगरका सुकमेल आयातकर्ता व्यवसायीले भन्सार विभाग र कार्यालयले माल वस्तुको जाँचपासमा दोहोरो मापदण्ड कायम गरेर भन्सार ऐनको ठाडो उल्लंघन गरेको आरोप समेत लगाएका छन् । सुकमेलको कारोबार गर्दै आएका आयातकर्ताले भन्सार ऐनको दफा १३ ले भन्सार कार्यालयले आयातित मालवस्तुको कारोबार मूल्यलाई मान्यता दिनुपर्ने भनी किटान नै गरेको जानकारी दिए । आयातकर्ताले न्यून विजकीकरण गरेको लागेमा भन्सार कार्यालयले त्यसलाई खरिद गर्नसक्ने सम्मको प्रावधान ऐनमा छ तर, सुकुमेलको जाँचपासका सन्दर्भमा विभाग र कार्यालयले उक्त कानुनी व्यवस्थाको ठाडै अटेर गरेर व्यावसायिक दृष्टिले आयात गर्ने व्यवसायीलाई विभेद र पक्षपात गरेको दावी पनि उनको छ ।
पछिल्लो समय तेस्रो मुलुक ग्वाटेमाला र दुबईमा सुकुमेलको मूल्य प्रति किलो साढे ५ डलर र डाबर नेपालले घोषणा गरेको यही मूल्यलाई बीरगञ्जको सुक्खा बन्दरगाह भन्सारले मान्यता दिइरहँदा साढे ५ देखि साढे ८ डलरको मूल्यमा आयात गर्ने व्यवसायीलाई चाहिँ किन न्यून विजकीकरणको आरोप लगाइयो भन्ने सुकमेल आयातकर्ताको भनाई रहेको छ । व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा हरेक माल वस्तुको मूल्यमा थपघट भइरहने भन्दै बर्सौंसम्म एउटै मूल्यांकनमा माल वस्तुको जाँच पास गर्नु अवैज्ञानिक र अव्यावहारिक भएको टिप्पणी समेत गरेका छन् ।
विराटनगर भन्सारको आईसीपी गोदाममा थुप्रिएको सुकुमेल व्यवसायी र भन्सार कार्यालयका बीच कारोबार मूल्यको कुरा नमिल्दा विराटनगरको आईसीपीमा २० मेट्रिक टनभन्दा बढी सुकुमेल थन्किएको छ । व्यवसायीहरूले कारोबार मूल्यको कुरा नटुंगिएसम्म उक्त सुकुमेल छुटाउने पक्षमा नभएको जानकारी दिएका छन् । भन्सारको आईसीपी गोदाममा उक्त सुकुमेल थन्किएको लामो समय भइसकेको जानकारी पनि ती व्यवसायीले दिएका छन् ।
पछिल्लो समय व्यवसायीहरू सुकुमेल गोदाममा थन्क्याएर अर्थ मन्त्रालय र भन्सार विभागमा लबिङ गरिरहेको भएतापनि सरकारले कुनै सुनवाई नगरेको बताए । सुकमेल आयातकर्ताको कुनै गल्ती नै छैन र उनीहरूले न्यून विजकीकरण गरेका होइनन् भने किन जरिवाना तिर्ने भन्दै जरिवानाले लागत पनि बढाउने व्यवसायीको भनाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार