बारा २ मा उपेन्द्रले चुनाव जितिसक्नु भो, घोषणा गर्न मात्र बाँकी छ : पौडेल
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १८:२:२४
३ वैशाख, बारा । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य प्रचण्ड पौडेलले बारा २ मा उपेन्द्र यादवले चुनाव जितिसकेको, घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् । बारा जिल्लाको चुनावी अवस्थाबारे जानकारी गराउँदैै पार्टी कार्यालयको भेटमा उनले उक्त कुरा बताएका हुन् ।
बारा जिल्लामा जसपा आफैमा पहिलो शक्ति हो । त्यसपछिको बलियो शक्ति नेपाली कांग्रेस हो उसले अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी लगायतका गठबन्धन दलहरुले समेत यादवलाई समर्थन गरेका छन् । स्वतन्त्र सांसदले समेत उपेन्द्रलाई सहयोग र समर्थन गर्ने निर्णय गरेका छन् । जसपाका उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रको माहोल एकदमै राम्रो छ, उनले भने ।
यस अघि बारा २ मा जसपाले नै जितेको क्षेत्र हो । उक्त निर्वाचन क्षेत्रको प्रदेश सभातर्फपनि जसपाकै सांसदले जितेका छन् । मेरो राजनीतिक अनुभव र बारा जिल्ला निवासी हुनुको नाताले यो कुरा म ठोकुवा साथ भन्न सक्छु, उपेन्द्र यादवले चुनाव जितिसक्नु भो, घोषणा गर्न मात्र बाँकी छ, पौडेलले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार