तीन दलबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार १२:२४:१७
४ वैशाख, काठमाडौं । संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन प्रमुख ३ दलबीच सहमति भएको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशका भरमा चलेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीको उक्त प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाएका थिए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे सहभागी थिए । बैठकमा प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने सहमति पनि भएकाे छ ।
लामो समयसम्म सर्वोच्च अदालतमा प्रधानन्यायधीश कार्यवाहक रहेका कारण न्यायालयको कार्य सम्पादन कमजोर बनेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तका लागि संवैधानिक परिषद्को बैठक बोलाउनेबारे प्रस्ताव राखेका थिए । प्रस्तावमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले सहमति जनाएको रमेश लेखकले बताए ।
छलफलमा प्रधानमन्त्रीले संवैधानिक परिषद बैठक बोलाउने र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको उनले बताए ।
एमालेका सचेतक महेश वर्तौलाले छलफलमा संसदीय समितिलाई पूर्णता दिने विषयमा पनि कुराकानी भएको बताए । ।सर्वोच्च अदादतले चाँडै नै नेतृत्व पाउने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार