सशस्त्र केन्द्रीय लेखामा भीआईपी रजगजः सिपाहीलाई त्रिपालको बास
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार २२:३८:६
४ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलको लेखा विभागमा बेथिति मौलाउँदै गएको छ । तल्लो तहका सिपाही, हवल्दारहरू त्रिपालमुनि बसेर डिउटी गरिरहेका बेला लेखा विभाग अन्तर्गत कार्यरत रहेका केही अधिकृतहरू भने फाइभस्टार बराबरको सुविधा लिएर सशस्त्र प्रहरी संगठनलाई हल्लाउन थालेका छन् ।
सीमा क्षेत्रमा कार्यरत प्रहरी अधिकृतहरूले तल्लो तहका कर्मचारीलाई खटाउन निकै कठिनाई भएको भन्दै केन्द्रमा बजेट माग गर्दा उनीहरूले आलटाल गर्ने, बजेट छैन भन्ने गरेका छन् । तर उनीहरूका लागि भने कुनै पनि कुराको कमी नभईकन बसेको स्रोतले जनाएको छ । निर्देशनालय, कार्यालय, विभाग, बीओपी जस्ता स्थानमा अत्यावश्यक सामानका लागि बजेट माग्दा समेत नदिने , दैनिक उपभोग्य सामान पनि कृत्रिम अभाव खडा गरिदिने गरेका छन् ।
यसमा केन्द्रीय लेखाका डीएसपी गणेश मल्ल, डोलराज अर्याल, सुरेश खतिवडा, राजेन्द्र श्रेष्ठ, होम ज्ञवाली, दयाराम शर्मा र महेन्द्र हमालको मिलेमतो रहेको छ । ‘देश भरी नै उनीहरूको सिन्डिकेट चलेको छ, बीओपीमा खटिनेहरू त्रिपालमा बसेका छन्। गर्मीमा मच्छडसँग पौठेजोरी खेलेर डिउटी गरेका छन् तर आईजीपी राजु अर्यालले दिएको निर्देशनलाई समेत उल्लंघन गरेर उनीहरूले सिन्डिकेट चलाउने गरेका छन्’, सशस्त्र प्रहरीका एक जुनियर अधिकृतले भने ।
उनका अनुसार बजेटको माग लिएर जाँदा उनीहरूको भवनमा छिर्न नपाउने गरी बसेको पनि ती जुनियर अधिकृतको गुनासो थियो । ‘मुख्यालयमा पुरानो भवनसँग नयाँ भवन, त्यो भवन कब्जा गरेर बसेका छन् उनीहरूको भवनभित्र छिर्न थम चेक लगाएर छिर्नुपर्छ, आईजीपीलाई भेट्न जाँदा पनि त्यसो गर्नु पर्दैन, आईजीपीले समय भएको बेला सहजै भेट दिँदा उनीहरूले भने समय अभाव देखाउँछन्’, उनको गुनासो थियो ।
ती अधिकृतका अनुसार केन्द्रीय लेखा शाखा रहेका सबैको हातमा आइफोन १४ त्यो पनि प्रोम्याक्स बोकेका हुन्छन् । ‘त्यहाँ बस्ने सिपाहीको हातमा पनि त्यही छ’, उनले भने ’१४ वर्षदेखि एकै ठाउँ बस्दै आएका छन् सरुवा हुँदैनन् उनीहरूकै सेटिङमा विभिन्न समाग्रीहरु खरिद हुने गरेको छ ।’
अहिले त्यहाँ बर्षोदेखि वरिष्ठ हल्दारहरु हरिचन्द्र थारु, पुस्टराज कर्मचार्य , शेर ब कठायत , दिपेन्द्र बुढा , प्रेम थापा , सहायक हबल्दार रामबिर कार्की ,केशब खड्का , वसन्त बिस्ट , मन ब खड्का आदि सरुवा नभई बस्ने गरेका छन् । गणेश मल्ल लगायतका लेखामा काम गर्नेहरु त झन आईजीपी फेरिदा पनि उनीहरू नै प्रिय भएर बस्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार