"झलकमान लोक संगीत सम्मान २०७९" गायक बद्री पंगेनीलाई
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार ११:५:४८
५ वैशाख, काठमाडौं । नेपाली लोक गीत संगीत र दोहोरी गीत गायनमा तीन दशक लामो योगदान दिएर समग्र लोक संगीतलाई एउटा माधुर्य उचाई दिएका गायक बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिने भएको छ ।
बिन्ध्यबासिनी म्युजिक अवार्ड को १३ औं संस्करण समारोहका बीच २५ हजार नगद सहित बिन्ध्यवासिनी फाउन्डेसनले यो सम्मान गर्न लागेको हो । लाईफ टाईम अचिभमेन्ट अवार्ड, संगीत साधना सम्मान, प्रेमध्वज संगीत रत्न सम्मान र कला पत्रकारिता सम्मानका अतिरिक्त यो बर्षबाट झलकमान लोक संगीत सम्मानको बिधा थप भएको आयोजक संस्थाले जनाएको छ ।
नेपाली सुगम संगीत, शास्त्रिय संगीत, पप संगीत, चलचित्र संगीत र लोक संगीतलाई एउटै संस्थाद्वारा सम्मान गर्ने परम्पराको थालनी बिन्ध्यवासिनी म्युजिकले गरेको छ ।
श्रस्टा र श्रृजना सम्मानमा लाखौं नगदसहित सम्मान गर्ने नेपाली म्युजिकको व्यवसायिक संस्थामा पनि बिन्ध्यवासिनी अग्रणी संस्था मानिन्छ । अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहनको मुल नारासहित सुरु भएको बिन्ध्यवासिनी म्युजिक अवार्ड को १३ औ संस्करण आगामी बैशाख २२ गते सम्पन्न हुने फाउन्डेसनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार
दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिमको निधन
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
बस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार