चोरीको मोटरसाइकलसहित सशस्त्रका इन्स्पेक्टर पक्राउः भित्र भित्रै मिलाउने कसरत
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार ११:६:२३
६ वैशाख, काठमाडौं । सशस्त्र प्रहरीका अधिकृत नै चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । सर्लाहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मोटरसाइकल चोरीको आरोपमा नेपाल प्रहरीको नियन्त्रणमा परेका हुन् । मोटरसाइकल चोरीको आरोपमा सशस्त्र प्रहरी निरीक्षक अंगद खड्कालाई प्रहरीले आइतबार नै पक्राउ गरेको भएपनि त्यसलाई सार्वजनिक गरिएको छैन ।
‘सशस्त्र प्रहरीले पनि उनको विषयमा आन्तरिक छानविन गरिरहेको तथा नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेका कारण सो घटना बाहिर नल्याइएको हो’, स्रोतले भन्यो । मलंगवा नगरपालिका वडा नम्बर ६ स्थित खुटौना बेसमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खड्कालाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएर स्थानीयले सर्लाही प्रहरीको जिम्मा लगाएको भए पनि सर्लाही प्रहरीले त्यसलाई ढाकछोप गरिरहेको छ । हाल सर्लाही प्रहरी प्रमुखमा एसपी नरेश सुवेदी रहेका छन् ।
गत फागुन १२ गते सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ४ शिव सागर चौकमा रहेको नुतन आयल स्टोरबाट प्रदेश–२–०२–००३ प ७७२९ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो । रोबिन नामको एकजना सशस्त्र प्रहरी जवानसहित सशस्त्र प्रनि खडका नुतन आयल स्टोरमा नै पेट्रोल राख्न पुगेपछि सवारी धनीले आफ्नो मोटरसाइकल चिनेर सशस्त्र प्रहरी निरीक्षक खड्कालाई मोटरसाइकलको विषयमा सोधखोज गरेर प्रहरीलाई जिम्मा लगाएका थिए ।
सवारीधनी मलंगवा नगरपालिका ९ का राकेश राउत पटेल हुन् । पटेल नुतन आयल स्टोरमा कार्यरत कर्मचारी हुन् । मोटरसाइकल चोरी भएको भोलिपल्ट नै खोजी कार्यको लागि जिल्ला प्रहरी सर्लाहीमा निवेदन समेत दर्ता गराइको थियो । सशस्त्र प्रहरीले सर्लाहीको व्यस्त बजारबाट चोरी भएको मोटरसाइकल सवारी धनीलाई दिनु अथवा सोधिखोजीको सटा बा–२ ब ९७२६ सरकारी नम्बर प्लेट नै राखेर निर्वाध रुपमा चढदै आएका थिए । आफ्नो मोटरसाइकल देखेपछि पटेल सवारी साधनको कागजपत्र सित मिलाउँदा इन्जिन र चेचिस नम्बरसमेत मिलेपछि आफ्नो चोरी भएको गाडीमा सरकारी नम्बर प्लेट किन लगाएको भनी सशस्त्र प्रहरी निरिक्षकसँग प्रश्न सोधेको स्रोतको दावी छ ।
पटेलले आफ्नो गाडी भएको र त्यसमा सरकारी नम्बर प्लेट चढाएकोमा प्रश्न गरेपछि सप्रनि खडका गाडी छाडेर भाग्ने प्रयास गरेपछि स्थानीयले सप्रनि खड्कालाई नुतन आयल स्टोरबाटै नियन्त्रणमा लिएर प्रहरीलाई खबर जिम्मा लगाएको स्रोतको दावी छ । गत आइतवार नै पक्राउ परेका सप्रनि खड्कालाई चोख्याउने खेल भित्रभित्रै भइरहेको र घटनालाई गुपचुपमै मिलाउने प्रयास भइरहेको स्रोतको दावी छ ।
मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका सप्रनि खड्कालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । ‘चोरीको मोटरसाइकल चढ्ने प्रहरी निरीक्षकको बारेमा अनुसन्धान गर्न सशस्त्र प्रहरी मूख्यालयले मधेश प्रदेशका प्रमुख डीआईजी दीपेन्द्र शाहलाई कडा निर्देशन गइसकेको छ’, सशस्त्र प्रहरी मूख्यालय स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले सन्दीपको स्वागत गरे
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार