मानव बेचबिखनको आरोपमा होटल सञ्चालक प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १२:२०:१०
६ वैशाख, काठमाडौं । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्नताको आरोपमा दाङको देउखुरीस्थित लमहीस्थित बी एण्ड बी होटलका सन्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटल सञ्चालक ५४ वर्षीय नुमाराज भुषाललाई सोमबार साँझ पक्राउ गरेको हो ।
पीडितको उजुरीको आधारमा पक्राउ परेका भुषालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
अभियुक्त भुषालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न किसिमका प्रलोभन देखाई परपुरुषसँग शारिरीक सम्बन्ध राख्न लगाएर रकम असुलेको र सम्बन्धन राख्न इन्कार गर्दा डर–त्रास र धम्की दिँदै गलत सम्बन्ध राख्न बाध्य पारेको उजुरी प्रहरीमा परेको थियो । भुषालमाथि अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ ।
उनीमाथि गएकाे मंसिर महिनाको तेस्राे हप्तादेखि चैत २७ गतेसम्म होटलमा बोलाएर पटकपटक शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार