राष्ट्रपति पौडेलको स्वास्थ्य स्थितिमा सुधार हुँदै
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १२:२८:३७
८ वैशाख, काठमाडौं । दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिमा क्रमिक सुधार हुँदै गएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।
राष्ट्रपति पौडेलको बुधबारबाट दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान 'एम्स'मा उपचारमा छन् । एम्सको भीआईपी आईसीयूमा राखेर उनकोउपचार भइरहेको छ ।
राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको छ । काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेका बेला परिवारजन तथा चिकित्सकहरुसँगको सरसल्लाहपछि सरकारले उनलाई ‘बेटर’ उपचारका लागि दिल्ली पठाउने निर्णय गरेको थियो ।
यसैबीच, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले उनको शीघ्र स्वास्थ्यलाभको सन्देश अस्पतालमा पठाएकी छन् । मुर्मूका तर्फबाट राष्ट्रपति कार्यालयका कर्मचारीले पुष्पगुच्छा र सन्देश अस्पतालमा लिएर आएका थिए । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वास्थ्यलाभको सन्देश पठाइसकेका छन् । विदेश मन्त्रालयका अधिकारीहरु नियमितरुपमा एम्स अस्पतालमा आउजाउ गरिरहेका छन् ।
बिहीबार नर्थ डेस्क प्रमुख अनुराग श्रीवास्तव अस्पताल पुगेर परिवारजनलाई भेटेका छन् । यसअघि विदेश सचिव विनयमोहन क्वात्रा पनि अस्पताल पुगेको पारिवारजनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार